न्याय परिषद् सदस्य श्रेष्ठलाई फिर्ता बोलाउने बारको निर्णय
काठमाडौँ । नेपाल बार एसोसिएसनको पदाधिकारी बैठकले न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको बारको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल बार एसोसिएसनकी महासचिव अन्जिता खनालले श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको स्वीकार गरिन् । उनले भनिन्, 'हामीले निर्णय सार्वजनिक गरिसकेका छैनौ । तर उहाँले बारको असित हुने गरी काम गर्नुभएकाले फिर्ता बोलाउने निर्णय भएको हो ।'
न्याय परिषद्का सदस्य श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति पाएका व्यक्ति हुन् । २०७७ सालमा परिषद्को सदस्य बनेका श्रेष्ठले बारसँग समन्वय नगरी निर्णय गर्ने गरेको र त्यसले कानुन व्यवसायीको अहित भएको भन्दै उनलाई फिर्ता बोलाउने निर्णय भएको हो ।
यसअघि नेपाल बार एशोसिएसनले बारको सिफारिसमा सदस्य बनेका श्रेष्ठलाई बिहीबार छलफलका लागि बोलाएको थियो । तर श्रेष्ठ बारमा नगएपछि बारले बैठक राखेर श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय लिएको हो ।
बारकी महासचिव अन्जिता खनालले नियुक्ति लिने समयमा सदस्य श्रेष्ठले बारसँग कबुलियतनामा गरेर गएको र बारको निर्णय मान्ने भनेको भन्दै कबुलियतनामा अनुसार नै उनलाई फिर्ता बोलाइएको बताइन् । खनालले भनिन्, 'उहाँले नियुक्ति लिने समयमा कबुलियत गरेर जानुभएको रहेछ । बारको अहित हुने गरी काक गर्नेछैन र बारको निर्णय मान्नेछु भनेर कबुलियत गरेको कारण उहाँलाई फिर्ता बोलाइएको हो ।'
न्याय परिषद्का सदस्य श्रेष्ठसँग बार मुख्यतः तीन विषयमा रुष्ट बनेको छ । एक वर्षसम्मको कैद सजाय बापतको रकम तिरेर थुनामुक्त हुने अधिकार न्यायाधीशबाट खोसिनुका साथै पहिले एक वर्षसम्म कैद सजाय भएकोमा दफा १५५ को सुविधा भएकामा अहिले त्यसलाई संशोधन गरेर १ वर्षसम्म कैद सजाय हुने कसुर भन्ने शब्द प्रयोग गरिएको थियो ।
त्यसै गरी न्यायाधीशको मर्यादाक्रममा फेरबदल हुने सम्बन्धी व्यवस्थामा पनि श्रेष्ठले बारलाई जानकारी नदिएको र निर्णय प्रक्रियामा आफै सहभागी भएकोमा बारको आपत्ति छ । त्यस्तै उच्च अदालतको न्यायाधीश नियुक्तिको मापदण्ड स्पष्ट नभएको, न्यायपरिषदमा व्यक्ति विशेषको स्वेच्छाचारिता मौलाई दादागिरी भएको आरोप लागेको छ । त्यसबाहेक कानुन व्यवसायीको सङ्ख्याका सम्बन्धमा पनि श्रेष्ठले प्रभावकारी भूमिका नखेलेको भन्दै बार रुष्ट बनेको हो ।
न्याय परिषद्का सदस्यलाई फिर्ता बोलाउन भने मिल्दैन । उनलाई हटाउन महाअभियोग लगाउनु पर्छ । नैतिक रूपमा दबाब दिन बारले फिर्ता बोलाउने निर्णय भएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण