मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
माइतीघरबाट गोविन्द केसीलगायतका अभियन्ता पक्राउ
प्रदर्शन

माइतीघरबाट गोविन्द केसीलगायतका अभियन्ता पक्राउ

शनिबार, २१ पुस २०८०

काठमाडौँ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी सहित ७ अन्य अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।

डा. केसी सहितका अभियन्ताले एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरूले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप समेत लगाएका छन् ।

govinda kc protest (1)govinda kc protest (2)govinda kc protest (3)govinda kc protest (4)govinda kc protest (5)govinda kc protest (6)govinda kc protest (7)govinda kc protest (8)govinda kc protest (9)govinda kc protest (10)govinda kc protest (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया