सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ : पूर्वराष्ट्रपति यादव
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार काठमाडौँमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर गरेका हुन् ।
उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए । दैनिक हजारौँ मानिसहरू विदेश गइरहेकोप्रति पनि उनको गुनासो थियो । उनले भने, ‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली काँग्रेस वा अरू पार्टीहरूले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो । गर्न सकिरहेको छैनन् । तर हामी एउटा बाटोमा छौँ । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ । निश्चय नै शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय छ । ५० औँ लाख मानिस विदेश छन् । तर हामी लोकतान्त्रिक प्रोसेसमा छौँ । कोर्स करेक्सन हुन्छ भन्ने आशा गरौँ ।’
यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरू एक हुनुपर्ने बताए । उनले भने, ‘ हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । यो देश, राष्ट्रको अस्तित्व कायम रहोस् भनेर काम गर्नुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण