सबै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार काठमाडौँमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर गरेका हुन् ।
उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए । दैनिक हजारौँ मानिसहरू विदेश गइरहेकोप्रति पनि उनको गुनासो थियो । उनले भने, ‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली काँग्रेस वा अरू पार्टीहरूले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो । गर्न सकिरहेको छैनन् । तर हामी एउटा बाटोमा छौँ । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ । निश्चय नै शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय छ । ५० औँ लाख मानिस विदेश छन् । तर हामी लोकतान्त्रिक प्रोसेसमा छौँ । कोर्स करेक्सन हुन्छ भन्ने आशा गरौँ ।’
यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरू एक हुनुपर्ने बताए । उनले भने, ‘ हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । यो देश, राष्ट्रको अस्तित्व कायम रहोस् भनेर काम गर्नुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था
-
एकीकृत समाजवादीका ३३ विभाग झन्डै १ वर्षदेखि अपूर्ण
-
आँखा उपचार नपुगेका ठाउँमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबिच सम्झौता
-
जलवायु कार्यमा योगदान पुर्याउन भारत प्रतिबद्ध छ : मन्त्री यादव
-
जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?
-
तेस्रो दिन पनि गाजामा हवाई आक्रमण, २० जनाको मृत्यु