अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीपको शीर्ष स्थानमा
आइतबार, २२ पुस २०८०, १४ : २९
काठमाडौँ । सिड्नीमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीप २०२३–२५ को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ टेस्टपछि अस्ट्रेलियाको ५६.२५ प्रतिशत अङ्क रहेको छ ।
३–० को शृङ्खला गुमाएको पाकिस्तान ३६.६६ प्रतिशत अङ्कसहित छैटौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिकालाई केप टाउनमा सात विकेटले हराएपछि भारत शीर्ष स्थानमा उक्लिएको थियो । तर, टोली शीर्ष स्थानमा दुई दिन मात्र रहन सक्यो । ४ टेस्टपछि भारतको ५४.१६ प्रतिशत अङ्क रहेको छ ।
दक्षिण अफ्रिका भने न्युजिल्याण्ड र बंगलादेशसँगै तेस्रो स्थानमा खस्किएको छ । तीनै टोलीको ५० प्रतिशत अङ्क रहेको छ । सातौँ स्थानमा १६.६७ प्रतिशत अङ्क सहित वेस्ट इन्डिज रहेको छ । इंग्ल्याण्ड १५ प्रतिशत अङ्कसहित आठौँ स्थानमा रहेको छ भने श्रीलंका अङ्कविहीन बन्दै पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण