न्यूजिल्यान्डमा कान्छी सांसदले नाचेर भाषण गरेपछि...
हाना रहिती माइपे–क्लार्क न्यूजिल्यान्डकी अहिलेसम्मकै कान्छी सांसद हुन् । यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल हुनुको कारण चाहिँ संसदमा उनले माओरी संस्कृतिको नृत्य हाका प्रस्तुती गर्दै भाषण दिनु हो । हाका युद्ध गीत हो । यसलाई पूरै ताकत र भाव भंगिमाको साथमा प्रस्तुत गरिन्छ ।
संसदमा माइपे–क्लार्कले माओरीहरुलाई समर्पित एउटा शक्तिशाली भाषण दिँदै पारम्परिक ‘वार क्राई’ प्रदर्शन गरेकी थिइन् । संसदमा उनले वार क्राई प्रदर्शन गर्दै गर्दा ठूलो संख्यामा सांसदहरुले उनलाई पछ्याए । हाका राम्रोसँग नबुझ्नेहरुको भाव भने नबुझिने खालको थियो । भिडियोमा माइपे–क्लार्कको अनुहार डर लाग्दो देखिएको थियो । भाइरल भिडियो गएको महिनाको हो ।
कयौं मान्छेहरुले भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । हाका नृत्य जनजातिलाई स्वागत गर्ने पारम्परिक तरिका हो । तर यो युद्धमा जान लागेका योद्धाहरूलाई उत्साहित गर्न पनि गरिन्छ ।
१७० वर्षको इतिहासमा २१ वर्षीया माइपे–क्लार्क न्यूजिल्यान्डकी सबैभन्दा कान्छी सांसद हुन् । न्यूजिल्यान्डमा सबैभन्दा लामो समय सेवा गरेकी महिला सांसद नानिया महुतालाई हराएर उनी सांसद बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण