आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्यान्डमा कान्छी सांसदले नाचेर भाषण गरेपछि...

आइतबार, २२ पुस २०८०, १४ : ४५
आइतबार, २२ पुस २०८०

हाना रहिती माइपे–क्लार्क न्यूजिल्यान्डकी अहिलेसम्मकै कान्छी सांसद हुन् । यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भाइरल हुनुको कारण चाहिँ संसदमा उनले माओरी संस्कृतिको नृत्य हाका प्रस्तुती गर्दै भाषण दिनु हो । हाका युद्ध गीत हो । यसलाई पूरै ताकत र भाव भंगिमाको साथमा प्रस्तुत गरिन्छ ।

संसदमा माइपे–क्लार्कले माओरीहरुलाई समर्पित एउटा शक्तिशाली भाषण दिँदै पारम्परिक ‘वार क्राई’ प्रदर्शन गरेकी थिइन् । संसदमा उनले वार क्राई प्रदर्शन गर्दै गर्दा ठूलो संख्यामा सांसदहरुले उनलाई पछ्याए । हाका राम्रोसँग नबुझ्नेहरुको भाव भने नबुझिने खालको थियो । भिडियोमा माइपे–क्लार्कको अनुहार डर लाग्दो देखिएको थियो । भाइरल भिडियो गएको महिनाको हो ।

कयौं मान्छेहरुले भिडियोलाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।  हाका नृत्य जनजातिलाई स्वागत गर्ने पारम्परिक तरिका हो । तर यो युद्धमा जान लागेका योद्धाहरूलाई उत्साहित गर्न पनि गरिन्छ ।

१७० वर्षको इतिहासमा २१ वर्षीया माइपे–क्लार्क न्यूजिल्यान्डकी सबैभन्दा कान्छी सांसद हुन् । न्यूजिल्यान्डमा सबैभन्दा लामो समय सेवा गरेकी महिला सांसद नानिया महुतालाई हराएर उनी सांसद बनेकी थिइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप