राष्ट्रिय सभा निर्वाचन
एकीकृत समाजवादी : दुई उम्मेदवार नेपालसहितका तीन नेताले टुङ्ग्याउने
आइतबार, २२ पुस २०८०, १५ : ५०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपालसहित तीन नेतालाई दिएको हो ।
समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकले अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
क्लस्टरका कारण समेत पार्टीको तर्फबाट उम्मेदवार टुङ्ग्याउन ढिलाइ भएको भन्दै उनले अन्य दलसँग पनि परामर्श गरेर निर्णय हुने जानकारी दिए । उनका अनुसार आज साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
एकीकृत समाजवादीले बागमती र कर्णालीमा गरी दुई सिट भाग पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण