राष्ट्रिय सभा निर्वाचन
एकीकृत समाजवादी : दुई उम्मेदवार नेपालसहितका तीन नेताले टुङ्ग्याउने
आइतबार, २२ पुस २०८०, १५ : ५०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधव नेपालसहित तीन नेतालाई दिएको हो ।
समाजवादीको आइतबार सम्पन्न सचिवालय बैठकले अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
क्लस्टरका कारण समेत पार्टीको तर्फबाट उम्मेदवार टुङ्ग्याउन ढिलाइ भएको भन्दै उनले अन्य दलसँग पनि परामर्श गरेर निर्णय हुने जानकारी दिए । उनका अनुसार आज साँझसम्म उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
एकीकृत समाजवादीले बागमती र कर्णालीमा गरी दुई सिट भाग पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान
-
लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ५ अर्ब २५ करोड लगानी
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा