बागमतीको ‘अन्य’ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी, उम्मेदवार चयनमा ढिलाइ
काठमाडौँ । माघ १९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनबिच सिट सङ्ख्यामा भागबन्डा टुङ्गिए पनि क्लस्टरमा भने विवाद देखिएको छ । नेपाली कांग्रेस र एकीकृत समाजवादीले एउटै क्लस्टरमा दाबी गरेपछि दुई पार्टीमा उम्मेदवार चयन गर्न ढिलाइ भएको हो ।
अन्य सत्तारुढ दल नेकपा माओवादी केन्द्र र जसपा नेपालले भने आ–आफूले पाउने सिट सङ्ख्या र क्लस्टर अनुसार उम्मेदवारहरू टुंगो लगाइसकेका छन् । तर, बागमतीको ‘अन्य’ क्लस्टरमा कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी पेस गरेपछि दुई पार्टीले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले १० र एकीकृत समाजवादीले दुईवटा सिट पाउने सहमति भइसकेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘कर्णाली प्रदेशमा हामीले महिला उम्मेदवार उठाउने तय भएको छ । चार जनाको नाम आएको छ । त्यसमध्ये एक जनाको नाम छान्छौँ ।’ पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको छ ।
पाण्डेले बागमती प्रदेशमा भने एउटै क्लस्टरमा दुई पार्टीको दाबी परेको जानकारी दिए । कांग्रेसले एकीकृत समाजवादीलाई आफ्नो पार्टीको खाली हुन लागेको ‘दलित’ क्लस्टरमा उम्मेदवारी दिन भनेको छ । ‘तर, हाम्रो दाबी अन्यमा रहेको छ,’ पाण्डेले भने, ‘यसैमा कुरा मिलिरहेको छैन ।’
बागमती प्रदेशको ‘अन्य’ बाट स्वतन्त्र सांसद खिमलाल देवकोटाको सिट खाली हुँदैछ । यो विषय टुङ्गो लागेसँगै पार्टीले उम्मेदवारका सूचीलाई अन्तिम रूप दिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण