रिलायन्स मिल्सको पक्षमा आएन अदालतको आदेश

काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइन विवादमा सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सको विपक्षमा आदेश जारी गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगको विद्युत् लाइन काटेपछि त्यसलाई जडान गरी पूर्ववत् सञ्चालन गर्न दिन अन्तरिम आदेश जारी गरी पाउँ भनी मिल्सले अदालतमा निवेदन दिएको थियो । तर, अदालतले भने अन्तरकालीन आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेको हो ।
न्यायाधीश टेकबहादुर कार्कीको इजलासद्वारा जारी आदेशमा भनिएको छ, ‘मिल्सले डेडिकेटेड लाइन विद्युत् लिए बापतको हालसम्मको तिर्नुपर्ने १ अर्ब ७१ करोड ३१ लाख ६९ हजार ११६.८१ रुपैयाँ बक्यौता नतिरेबापत उद्योगको लाइन काटिएको र यी जस्तै अवस्थाका उद्योगहरूलाई बाँकी बक्यौता ६० किस्तामा बुझाउन मन्जुर भई निवेदन दिएका उद्योगको लाइन जडान गर्ने भनी नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको मिति २०८०/९/१६ गतेको निर्णय देखिँदा लाइन काटिसकेको अवस्थामा अन्तरकालीन आदेश जारी गर्न मिलेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै