बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रेभलको पोष्टमा पीएसजीको गोल वर्षा, एमबाप्पेको ह्याट्रिक

सोमबार, २३ पुस २०८०, ०९ : ४८
सोमबार, २३ पुस २०८०

काठमाडौँ । फ्रेन्च कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा पेरिस सेन्ट जर्मनले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी रेभलमाथि गोलको वर्षा गरेको छ । पीएसजीले रेभललाई ९–० गोलको विशाल अन्तरले हराएको हो ।

खेलमा पीएसजीका लागि स्टार खेलाडी किलियान एमबाप्पेले ह्याट्रिक गरेका थिए । उनको निर्धारित समयको १६औँ, ४५औँ र ४८औँ मिनेटमा गोल गरेका थिए । उनी फ्रेन्च कपमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले फ्रेन्च कपमा पीएसजीका लागि २२ खेल खेल्दै ३० गोल गरिसकेका छन् ।

खेलको ३८औँ मिनेटमा म्याक्सेन्स एनग्युसनबाट आत्मघाति गोल भएको थियो । निर्धारित समयको ४३औँ मिनेटमा मार्को एसेन्सियोले टोलीका लागि अर्को गोल थपेका थिए । ७१औँ मिनेटमा गोनकालो रामोसले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाएका थिए ।

यसैगरी खेलको ७६औँ र ९०औँ मिनेटमा र्‍यान्डल कोलोले पीएसजीका लागि थप गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि पीएसजीका लागि १९ वर्षीय चेर एनडुरले पनि एक गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप