रेभलको पोष्टमा पीएसजीको गोल वर्षा, एमबाप्पेको ह्याट्रिक
काठमाडौँ । फ्रेन्च कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा पेरिस सेन्ट जर्मनले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी रेभलमाथि गोलको वर्षा गरेको छ । पीएसजीले रेभललाई ९–० गोलको विशाल अन्तरले हराएको हो ।
खेलमा पीएसजीका लागि स्टार खेलाडी किलियान एमबाप्पेले ह्याट्रिक गरेका थिए । उनको निर्धारित समयको १६औँ, ४५औँ र ४८औँ मिनेटमा गोल गरेका थिए । उनी फ्रेन्च कपमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले फ्रेन्च कपमा पीएसजीका लागि २२ खेल खेल्दै ३० गोल गरिसकेका छन् ।
खेलको ३८औँ मिनेटमा म्याक्सेन्स एनग्युसनबाट आत्मघाति गोल भएको थियो । निर्धारित समयको ४३औँ मिनेटमा मार्को एसेन्सियोले टोलीका लागि अर्को गोल थपेका थिए । ७१औँ मिनेटमा गोनकालो रामोसले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाएका थिए ।
यसैगरी खेलको ७६औँ र ९०औँ मिनेटमा र्यान्डल कोलोले पीएसजीका लागि थप गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि पीएसजीका लागि १९ वर्षीय चेर एनडुरले पनि एक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण