प्रभावशाली नाडालले अस्ट्रेलियन ओपन नखेल्ने
काठमाडौँ । प्रभावशाली स्पेनिस टेनिस खेलाडी राफेल नाडालले चर्चित ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा सहभागिता नजनाउने भएका छन् । ३७ वर्षीय अनुभवी खेलाडी नाडालले स्वास्थ्य समस्याका कारण अन्तिम समयमा आएर प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाएका छन् ।
अस्ट्रेलियन ओपन यसै महिना मेलबर्नमा सुरु हुँदैछ । ‘स्वास्थ्य समस्याका कारण मैले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता नखेल्ने निर्णय गरेको छु । मांसपेशी सम्बन्धि समस्याले मलाई पिरोलेको छ । पक्कै पनि यो निर्णय लिनु मेरा लागि सहज थिएन,’ उनले सामाजिक सञ्जाल एक्स (साविकको ट्वीटर) मार्फत भनेका छन् ।
नाडालले हालसम्म २२ पटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमिसकेका छन् । उनले अस्ट्रेलियन ओपनको उपाधि पनि दुई पटक जितेका छन् । उनले सन् २००९ र सन् २०२२ मा अस्ट्रेलियन ओपनको एकल उपाधि जितेका थिए ।
नाडालले दुई पटक विम्बल्डनको उपाधि पनि चुमेका छन् । उनले सन् २००८ र सन् २०१० मा विम्बल्डनको एकल उपाधि जितेका थिए । उनले सबैभन्दा बढी १४ पटक फ्रेन्च ओपनको उपाधि हात पारेका छन् । यसका अतिरिक्त उनले चार पटक यूएस ओपनको उपाधि पनि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण