शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरको आक्रमण : खाद्यका थप दुई च्याङ्ग्रा मरे

सोमबार, २३ पुस २०८०, ११ : ०२
सोमबार, २३ पुस २०८०

काठमाडौँ । राजधानीको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रदेश कार्यालयमा राखिएका थप दुई च्याङ्ग्रा मरेका छन् । गत बुधवार मध्यरातमा प्रवेश गरेका ५ वटा कुकुरले कम्पनीको खोरमा राखिएका ४७ च्याङ्ग्रामाथि आक्रमण गरेका थिए ।

 सोही दिन २२ च्याङ्ग्रा मरेका थिए भने १३ वटा घाइते भएका थिए । घाइतेमध्ये थप दुई च्याङ्ग्रा मरेको कम्पनीकी प्रमुख ज्ञानु थापाले बताइन् । उनका अनुसार योसँगै २४ वटा च्याङ्ग्रा मरेका छन् । ११ वटा च्याङ्ग्रा अझै घाइते छन् । १२ वटा च्याङ्ग्रा सकुशल छन् । 

जसबाट करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको थापाले सुनाइन् । उनका अनुसार प्रतिच्याङ्ग्रा करिब २० किलो बराबरका थिए । हाल जिउँदो च्याङ्ग्राको प्रतिकिलो १ हजार १ सय २५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । जसअनुसार २४ च्याङ्ग्राको मूल्य करिब ५ लाख ४० हजार रुपैयाँ पर्न जान्छ । 

दसैँ र तिहारका लागि राजधानी बाहिरबाट ल्याइएका च्याङ्ग्रामध्ये बिक्री नभएकालाई कम्पनीले थापाथलीस्थित खोरमा राखिएको थियो । उनका अनुसार कम्पनीले पर्वका लागि ल्याएको ५ सय ४२ वटा च्याङ्ग्रामध्ये ४७ वटा अझै बाँकी थिए । सोही च्याङ्ग्रालाई थापाथलीस्थित कम्पनीको एउटा खोरमा राखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप