गोल्डन ग्लोब्स : ओपनहेइमरको चल्यो जादु
लस एन्जलस । ८१ औँ गोल्डन ग्लोब्स अवार्डमा ओपनहेइमरको जादु देखियो । फिल्मले सर्वश्रेष्ठ अभिनेता, उत्कृष्ट सहअभिनेतालगायत कयौँ अवार्ड आफ्नो पोल्टामा पार्यो । रोबर्ट डाउनी जुनियरले यही फिल्मका लागि उत्कृष्ट सहअभिनेताको अवार्ड जिते । फिल्मका निर्देशक क्रिष्टोफर नोलनले सर्वश्रेष्ठ निर्देशकको उपाधि हात पार्दा सिलियन मर्फीले फिल्मबाट सर्वश्रेष्ठ अभिनेता (ड्रामा)को पुरस्कार पाए ।
ओपनहेइमरका लागि सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार जितेका रोबर्टको यो तेस्रो गोल्डन ग्लोब्स पुरस्कार हो । ओपनहेइमरमा उनले लुईस स्ट्रसको भूमिका निर्वाह गरेका थिए । यो श्रेणीमा कयौँ दिग्गज कलाकारसँग उनको प्रतिस्पर्धा थियो । पुअर थिङ्सका लागि विलेम डेफो, किलर्स अफ द फ्लावर मूनका लागि रोबर्ट डी निरो, बार्बीका लागि रायन गूस्लिङ, मे डिसेम्बरका लागि चाल्र्स मेल्टन र पुअर थिङ्सकै लागि कार्म राफालो पनि दौडमा थिए । तर सबैलाई उछिनेर रोबर्टले उपाधि आफ्नो पोल्टामा हाले ।
गोल्डन ग्लोबमा ओपनहेइमर ८ ओटा श्रेणीमा मनोनित भएको थियो भने बार्बीले १० ओटा श्रेणीमा मनोनयन पाएको थियो । एम्मा स्टोनले पुअर थिङ्सका लागि उत्कृष्ट अभिनेत्रीको उपाधि पाइन् । फ्रान्सको एनाटमी अफ ए फल गैर–अंग्रेजी भाषाको श्रेणीमा उत्कृष्ट फिल्म बन्यो । रिकी गेरबियासले बेष्ट स्ट्यान्डअप कमेडीको श्रेणीमा अवार्ड हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण