गण्डकीमा एमालेले दियो चुनाव हारेकालाई टिकट
पोखरा । राष्ट्रियसभा चुनावमा गठबन्धनका कारण एमाले गण्डकीमा पनि लगभग नजित्ने अवस्थामा छ । स्थानीय तहका ६९ र प्रदेशका २२ सांसद रहेका एमालेले गण्डकीका तीनै सीटमा उम्मेदवार छानेको छ ।
महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनलाई उम्मेदवार बनाइएको हो । उनीहरुले केहीबेरमा मनोनयन दर्ता गर्दैछन् ।
मतभार हेर्दा एमाले लगभग नजित्ने अवस्थामा छ । त्यसैले उम्मेदवार छान्दा पनि पराजित ब्यक्तिलाई छानिएको छ । महिला क्लष्टरमा टिकट पाएकी देवकोटा गोरखा नगरपालिकाको मेयरमा पराजित व्यक्ति हुन् । उनी उक्त चुनावमा तेस्रो बनेकी थिइन् ।
हेमन्त व्यवसायी हुन् । अध्यक्ष केपी ओली निकट उनी राजनीतिमा भन्दा व्यवसायमै ब्यस्त छन् । पराजुली यसअघि पनि लाभको पदमा पुगेका थिए ।
एमाले स्याङ्जाका पूर्वअध्यक्ष समेत रहेका उनलाई पार्टी सचिव पद्मा अर्याल निकट मानिन्छ । पद्माले नै उनलाई राष्ट्रिय सहकारी बोर्डको सदस्य सचिव नियुक्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण