नेपाल–चीन सम्बन्धका नायक अरनिको
चीन । नेपाल-चीन सम्बन्धको सेतु मानिने अरनिको स्मृति दिवस आज नेपालमा उनको सम्झना गर्दै मनाइँदै छ । चीनको राजधानी बेइजिङमा उनले बनाएको ५० दशमलव ९ मिटर अग्लो श्वेत चैत्य कारण अरनिको नेपाल चीन सम्बन्धमा सधैँ सम्झिरहने पात्र हुन् । उक्त चैत्य बनेको ७ सय ४५ वर्ष भएको छ ।
अरनिकोले बेइजिङको पश्चिममा पर्ने वल्लो शान्षी प्रान्तको उथाइशासनमा पनि श्वेत चैत्य बनाएका छन् । श्वेत चैत्य भित्र कुँदिएका चित्रहरू, बुद्धका मूर्तिहरू रञ्जना लिपिमा लेखिएका बौद्धमन्त्रहरु र कलाका विविध शैलीका कारण चिनियाँहरूले अरनिकोलाई सम्झन्छन् ।
चिनियाँ इतिहासकार अनुसार अरनिको युआन वंशको शासनकालमा चीनमा आएका थिए । सन् १२७१ देखि १३६८ सम्म युआन वंशले शासन गरेको थियो । अरनिकाले जन्म सन् १२४४ मा तत्कालीन काठमाडौँ उपत्यकाभित्र भएको र उनी १६ वर्षको उमेरमा ८० जना नेपाली कलाकारहरूको टोलीको नेतृत्व गर्दै तिब्बत आएको ऐतिहासिक तथ्यहरूमा उल्लेख छ । तिब्बतको सिगाच्छेमा शाक्य गुम्बाको स्वर्ण चैत्य बनाउने काम २ वर्षमा सकेपछि अन्य कलाकार नेपाल फर्के पनि अरनिकोलाई चीनमा राखिएको थियो ।
तिब्बत आएपछि फागपा गुरुबाट भिक्षु भएको र बेइजिङ पुगेर तत्कालीन राजा कुब्ला खाँलाई भेटेपछि बेइजिङमा धातुको मूर्ति मर्मत गर्न दिएको त्यसपछि श्वेत चैत्य निर्माणको काम सुरु भएको ऐतिहासिक तथ्य भेटिन्छ । सन् १३०६ मा बिरामी भएर अरनिको मृत्यु भएको थियो ।
नेपाल सरकारले पनि अरनिकोको सम्मानमा राष्ट्रिय विभूति घोषणा गर्दै हुलाक टिकट पनि बनाएको छ । ६ दशक अघि चीन सरकारको सहयोगमा निर्माण भएको काठमाडौँदेखि तातोपानी सडक खण्डलाई पनि अरनिको राजमार्ग नामकरण गरिएको छ । चीनमा अध्ययन गरेर नेपाल फर्किएका नेपाली विद्यार्थीहरूले सन् १९८१ मा अरनिको समाज संस्थामार्फत नेपाल चीन सम्बन्धका विषयमा काम गर्दै आएका छन् ।
कलाकार अरनिको बारेमा खोजी गर्ने काम स्वर्गीय सत्यमोहन जोशीले गरेका हुन् । चीनमा नेपाली भाषा अध्यापन र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईमा काम गर्न चीनमा बस्दा जोशीले अरनिको बारेमा खोजी गरेर कलाकार अरनिको नामक पुस्तकसमेत लेखेका छन् ।
चीनमा कलाकार अरनिको जीवनी र उनले चीनमा बनाएको श्वेतचैत्यको बारेमा अध्ययन हुने गरेको छ । हाल चीनमा पाँच वटा विश्वविद्यालयमा नेपाली भाषाको अध्यापन हुने गरेको छ । नेपाली भाषामा स्नातकोत्तर(एमए) तहको अध्ययन हुने एकमात्र युनान विश्वविद्यालयमा चिनियाँ छात्रछात्राले अरनिको जीवनी र उनले चीनमा बनाइएका मूर्तिकलाको बारेमा बारेमा अनिवार्य अध्ययन गर्नुपर्दछ ।
‘नेपाल– चीन सांस्कृतिक सम्बन्ध विस्तारका लागि अरनिकोको योगदानका बारेमा दुवै देशले महत्त्व दिनुपर्छ,’ युनान विश्वविद्यालयमा दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख एवं नेपाली भाषाका चिनियाँ प्राध्यापक डा. बाङ चुङले भने, ‘अरनिको नेपाल–चीन सम्बन्धका ऐतिहासिक पात्र हुन् । चीन– नेपाल बिचको सांस्कृतिक सम्बन्धको कुरा गर्दा अरनिको योगदानलाई सम्झना गरेर अगाडि बढ्नु पर्छ । यसबाटै चीन सम्बन्ध सम्बन्ध प्रगाढ हुँदै जानेछ ।’
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीरआरआईमा कार्यरत नेपाली भाषा विशेषज्ञ चेतनाथ आचार्य अरनिकोले चीनमा गरेको योगदानका बारेमा थप खोजी कार्यमा जुटेका छन् । आचार्यले अरनिको जीवनी र उनको चीन बसाई उनको परिवारका विविध पक्षमा खोजी लेखन कार्य सुरु गरेका छन् ।
तीन वर्ष अघिदेखि पुस २३ गते अरनिको स्मृति दिवस मनाउन सुरु भएको हो । अरनिको स्मृति दिवस नेपालमा मनाइए पनि चीनमा भने कुनै औपचारिक कार्यक्रम रहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण