सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
गोल्डेन ग्लोब्सको रेड कार्पेटमा ग्ल्यामर, तस्बिरहरु

गोल्डेन ग्लोब्सको रेड कार्पेटमा ग्ल्यामर, तस्बिरहरु

सोमबार, २३ पुस २०८०

काठमाडौँ।  ८१ औँ गोल्डेन ग्लोब्स अवार्ड समारोह अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसस्थित बेभर्ली हिल्टन होटलमा आयोजना गरिएको छ । कार्यक्रममा निकोलस केज, मार्गोट रोबी, लियोनार्डो डिक्याप्रियो, मेरिल स्ट्रिप, फ्लोरेन्स पग, एन्जेला बासेट, टेलर स्विफ्ट, दुआ लिपा लगायत धेरै ठुला सेलिब्रेटीहरू कार्यक्रममा उपस्थित थिए।

प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ ले गोल्डेन ग्लोब्समा उत्कृष्ट चलचित्रसहित ५ अवार्ड जितेको छ । मार्गोट रोबी स्टारर फिल्म ‘बार्बी’ले सिनेमेटिक र बक्स अफिस अचिभमेन्ट अवार्ड जितेको छ ।

समारोहमा अभिनेता किलियन मर्फीले फिल्म ‘ओपेनहाइमर’का लागि उत्कृष्ट अभिनेता (ड्रामा) विधामा अवार्ड जिते । चलचित्र ‘किलर्स अफ द फ्लावर मुन’ बाट अभिनेत्री लिली ग्लाडस्टोनलाई उत्कृष्ट अभिनेत्री (ड्रामा) अवार्ड दिइयो ।

कार्यक्रमअघि रेड कार्पेटको आयोजना गरिएको थियो । हेरौँ केही तस्बिर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया