म्यान्माबाट ९ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात
सोमबार, २३ पुस २०८०, २० : ४४
याङ्गुन । म्यान्माले आर्थिक वर्ष २०२३-२४ को पहिलो नौ महिनामा ९ लाख ५३ हजार ५०२ टन चामल निर्यात गरेको छ । सो निर्यातबाट ४६२ मिलियन अमेरिकी डलर आम्दानी भएको हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
सो नौ महिनाको अवधिमा पनि डिसेम्बर महिनामा सबैभन्दा बढी चामल निर्यात भएको र राजस्व ९९ मिलियन डलर सङ्कलन तथ्याङ्कले देखाएको छ ।
स्रोतका अनुसार डिसेम्बरमा १ लाख १ हजार १५६ टन चामल र ९४ हजार ६७२ टन टुक्रा चामल निकासी भएको थियो । म्यान्माले इन्डोनेसिया, फिलिपिन्स, चीन, पोल्याण्ड, मलेसिया, बेल्जियम, नेदरल्यान्ड्स र भियतनामलगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा चामल निर्यात गर्ने गर्दछ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण