गायिका ज्योति मगर नाच्दानाच्दै स्टेज भासियो
सोमबार, २३ पुस २०८०, २१ : २७

काठमाडौँ । गायिका ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको छ । इलामको माइ नगरपालिका १ मा बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको देखिन्छ । महोत्सव पुस १७ देखि २० गतेसम्म आयोजना भएको थियो ।
महोत्सवमा पुस १९ गते राति करिब ११ बजे ज्योति मगरले आफ्नो प्रस्तुति दिएको जनाइएको छ । ज्योति खाल्डोमा खस्ने बित्तिकै सुरक्षाकर्मी आएर उठाएको भिडियोमा देखिन्छ ।
सो घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको बैठक नसकिएकाले प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ
-
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
-
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत
-
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा