एनएमबि बैंक र यूएसएआईडीद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मङ्गलबार, २४ पुस २०८०, १० : ५५
काठमाडौँ । एनएमबि बैंकले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित रहेको बैंकले जनाएको छ । सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ११० भन्दा बढी सहभागीहरू सक्रिय रूपमा छलफलमा संलग्न थिए ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण