मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अधिकार सङ्घमै थुपारेर सङ्घीयताको असल अभ्यास हुन सक्दैन : खिमलाल देवकोटा

मङ्गलबार, २४ पुस २०८०, १२ : ५९
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय   समितिका सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहमा धेरै फोहोर रहेको बताएका छन् । दलहरूले स्थानीय तहको फोहोर सफा गर्नुपर्नेमा झन् फोहोर गरेको उनको आरोप छ । 

स्थानीय तहमा कर्मचारीको समस्या रहेको भन्दै उनले कर्मचारी २ वर्ष पनि नटिकेको दुखेसो पोखे ।  'हिजो गाविस सचिवले पनि गाविस चलाएका थिए। अहिले ३० करोड रकम पालिकामा पठाए पनि पालिका किन चल्न सकेको छैन ? हामी एउटा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्नुको कारण के हो ? समस्याको गाँठो कहाँ छ ?'- उनले प्रश्न उठाए । 

कर्मचारीको समायोजन गर्दा स्थानीय तहमा  ६७ हजार ७ सय १९ चाहिन्छ भने पनि दरबन्दी ४१ हजार मात्रै राखने काम भएको उनले बताए । त्यहीबाट कर्मचारीको समस्या देखिएको उनको भनाइ छ । 

उनले भने –'सङ्घीय सरकारले प्रदेशलाई कर्मचारी पठाउन सक्दैनौँ भनेर किन नभन्ने ? सङ्घलाई ४८ दरबन्दी आवश्यक भएको ठाउँमा ५३ हजार पुगिसक्यो। सङ्घमा दरबन्दी बढाउने प्रदेशमा कर्मचारी अभाव हुने भएपछि यो गाँठो फुकाउनुपर्छ । '

अधिकार, कर्मचारी र सङ्घमै थुपारेर सङ्घीयता असल अभ्यास हुन नसक्ने उनले बताए । देवकोटाले कर्मचारीतन्त्रमा जहाँ पनि भ्रष्टाचारको  जालो रहेको भन्दै उनले सुशासनमा कर्मचारीलाई कडाइ गर्नुपर्ने बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप