आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा

मङ्गलबार, २४ पुस २०८०, १३ : २४
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रूपमा बेनी सेक्युरिटिज प्रालिको  प्रवेश भएको छ  । 

बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट  आधिकारिक रूपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको हो ।

बानेश्वरको रुद्रमति मार्गमा रहेको कम्पनीले औपचारिक रूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवा पनि सजिलो रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए सँगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन्।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप