नयाँ ब्रोकर कम्पनी बेनी सेक्युरिटिज सञ्चालनमा
मङ्गलबार, २४ पुस २०८०, १३ : २४
काठमाडौँ । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रूपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ ।
बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट आधिकारिक रूपमा गत कात्तिक २९ गते सदस्यता प्रदान गरेसँगै कम्पनी सञ्चालनमा आएको हो ।
बानेश्वरको रुद्रमति मार्गमा रहेको कम्पनीले औपचारिक रूपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोबारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवा पनि सजिलो रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए सँगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण