शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तीन वटा संसदीय समितिको बैठक बस्दै

बुधबार, २५ पुस २०८०, ०९ : २०
बुधबार, २५ पुस २०८०

काठमाडौँ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

बैठकमा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच भएको सम्झौताका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले समितिसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै पौने १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री/सचिव(कृषि विकास), कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसीइ नेपाल लगायतका विभिन्न शैक्षिक समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप