शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि

बुधबार, २५ पुस २०८०, १० : १०
बुधबार, २५ पुस २०८०

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुरु गरेको बैतडीको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापन भइसकेको छ । मङ्सिर  १४ गते सुरु भएको यो यात्रा करिब २१ दिन चलेको थियो । हरेक राजनीतिक दलहरूले जनताका बिचमा गएर पार्टीका विचार, दृष्टिकोण, नीति तथा कार्यक्रम र अभियान सञ्चालन गर्दछन् । उनीहरूले बदलिँदो समय परिस्थिति र राज्य व्यवस्थामा पनि राजनीतिक दल समयअनुकूलका नीति तथा कार्यक्रम र अभियान सञ्चालन गर्दछन् । नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङसम्मको समृद्धिको सङ्कल्प यात्रा एउटा भिन्नै महत्त्व र दूरगामी सकारात्मक प्रभाव पार्ने अभियान हो भन्ने कुरा पुष्टि गरेको छ । 

यस यात्राले जनताका वास्तविक समस्या के छन् भनी पहिचान गरेर समाधानका उपाय खोज्ने हो । मध्यपहाडी क्षेत्रको विकासका अवरोधहरू केके हुन् ? त्यस क्षेत्रका सम्भावनाहरू केके छन् ? स्थानीय सरकार र प्रदेश सरकारले कसरी विकासका काम गरिरहेको छ ? जस्ता विविध प्रश्नमार्फत समस्या पहिचान गरेर एमाले फर्किएको छ । साथै तिनको समाधानका उपायहरूको खोजी गर्नु नेकपा एमालेको यो अभियानका उपलब्धिका रूपमा लिन सकिन्छ । 

सुरुवाती चरणमा करिब १७७८ किमि मध्यपहाडी लोकमार्ग निर्माण भनिए पनि हाल आएर यसको लम्बाइ १८८९ किमि पुगेको  छ । दूरगामी विकासको अवधारणा र सम्भावना बोकेको यो मध्य पहाडी लोकमार्ग आफैँमा उत्तर दक्षिणपूर्व पश्चिम सडक सञ्जाल जोड्ने महत्त्वपूर्ण कडीका रूपममा स्थापित भएको छ । यो समृद्धिका लागि  सङ्कल्प यात्रा नेकपा एमालेको मेची–महकाली तराई यात्रापछिको मध्य पहाडी लोकमार्ग यात्रा नेपाली राजनीतिक इतिहासमा कोसेढुङ्गा साबित भएको छ । 

जनताका कुरा सुन्ने, बुझ्ने र सही समयमा समाधान गर्ने एउटा राजनीतिक दलको नैतिक दायित्व हो । त्यो दायित्व मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा अभियानको माध्यमबाट नेकपा एमालेले पूरा गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने २६ वटा जिल्ला र ३०० गाउँ र सहरमा पुगी आमसभा, अन्तक्र्रिया, युवा, विद्यार्थी, किशान, मजदुर, बुद्धिजीवी, विज्ञहरू र जनतासँग प्रत्यक्ष रूपमा छलफल र बहस ग¥यो, जहाँ लाखौँ जनताको सहभागिता रह्यो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको नाम राखिएको मध्य पहाडी राजमार्ग नेकपा (एमाले) को ठुला गौरवका आयोजनामध्येको एउटा दुरगामी परिकल्पना थियो । २०६५ सालदेखि सुरुवात भएको राजमार्गको काम आजसम्म आइपुग्दा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

हालको सरकार चरम भ्रष्टाचारमा लिप्त हुनु, आर्थिक मन्दी, कमिसनतन्त्र हाबी हुँदै जानु र सरकारको नीतिगत रूपमा नपर्दा मध्य पहाडी लोकमार्गको काम गतिहीन भई पूर्ण रूपमा ठप्पै बनेको छ ।

पहाडी जनजीवन आफैँमा कष्टकर जीवन पद्धति हुन्छ । यातायात, सञ्चार, खानेपानी, विद्युतलगायताका विकासमा कष्टकर बनेको मध्य पहाडी क्षेत्रका भूभागबाट  भइरहेको मानिसको तीव्र बसाइँसराइका कारणको पहिचान र समाधानको उपायहरूको खोजी । राष्ट्रिय एकताको भावनामा एकरूपता कायम गर्न सहयोग पुग्ने र सामाजिक सद्भावमा बल पुग्ने गरी अभियान थालनी गरिएको थियो । पार्टी स्थापनाको ७५ औँ वर्षको समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान र अग्रजहरूको सम्मान गरी सबल राष्ट्र र समृद्धिको सङ्कल्प अभिवृद्धिका लागि जनसम्बन्ध विस्तार र जनगुनासा एवं जनतका सुझाव सङ्कलन गरेर सरकारमार्फत पूरा गर्ने वचनबद्धतासहित नेकपा एमालेले ग्रामीण तहमा स्थानीय सम्बन्ध र  समसामयिक राजनीतिक परिवेशमा राष्ट्रिय सन्देश दिन सफल भएको छ । यो अभियान उद्देश्य प्राप्तिका लागि थप बृहत्तर योजना निर्माण गर्न सफल भएको छ । 

कस्तो रह्यो स्थानीय सम्बन्ध

नेकपा एमालेको झुलाघाट चिवाभन्ज्याङ समृद्धिको सङ्कल्प यात्रले गठबन्धन वा कित्ताकाटको राजनीतिले देश विकास हुँदैन । सामाजिक एकता सद्भाव र राष्ट्रिय एकतामा समानताले सम्भव छ भन्ने कुरालाई पुनर्जागृत गर्दै दलीय राजनीतिलाई उत्साह प्रदान गरेको छ । सङ्कल्प यात्रालाई भिन्न भिन्न प्रकारका दृष्टिकोणबाट व्याख्या विश्लेषण गरिएको पाइन्छ । तर नेकपा एमाले जनताको बिचमा आमकार्यकर्ता, शुभचिन्तक। समाजसेवी, विद्यार्थी, युवासहित आम जनताका दिनानुदिन हुने गरेका समस्यासँग परिचित हुने एउटा महत्त्वपूर्ण अवसर प्राप्त ग¥यो । स्थानीय सामग्रीहरूको उत्पादनको अवस्था, वास्तविक समस्या पहिचान गरी जनताको वर्तमान सामाजिक, आर्थिक, सास्कृतिक, कृषि तथा पर्यटन, भौतिक पूर्वाधार विकास जस्ता कुरामा योजना बनाउन एमाले सफल हुने नै छ । त्यसका बाबजुत नेपाली राजनीतिमा पुराना दलप्रतिको निराशा पनि यस अभियानमार्फत ती भ्रमलाई धेरै हदसम्म चिर्ने प्रयत्न गरेको छ । नेता कार्यकर्ताको सामूहिक छलफल र बसाइ, भोजनले आन्तरिक पार्टीभित्रको एकता र हार्दिकतालाई बलियो बनाएको छ ।  ठुलाठुला विकास आयोजना, बहुद्देश्यीय आयोजनाका सन्दर्भमा सामूहित छलफल र अतक्र्रिया गर्न सफल भएको छ । आज यो क्षेत्रको वास्तविकता के छ ? सामाजिक आर्थिक अवस्था कस्तो अवस्थामा छ ? स्थानीय सरकार कसरी विकास गर्दै छ ? स्थानीय स्रोत साधन कसरी परिचालन, व्यवस्थापन भएको छ ? जनताको श्रमको अवस्था कस्तो छ ? विकासका सन्दर्भमा यो क्षेत्रका जनताको अपेक्षा के छ ? यी सम्पूर्ण प्रश्नको समस्या पहिचान र जनताको मनसँग पुग्ने, अनुभूति गर्ने, विश्लेषण गर्ने, पार्टीको नीतिअनुसार समस्या एकीकृत गर्ने कार्य यो अभियानमा नेकपा एमाले सफल भएको छ । व्यक्तिगत रूपमा अभियानमा रहेका आम कार्यकर्तासम्मले यो कुराको अनुभूति गर्दै एउटा पाठशालाका रूपमा सङ्कल्प यात्राले स्थापित गरेको छ ।

  • कस्तो रह्यो राष्ट्रिय सन्देश ?

गठबन्धन सरकार भागबण्डामा मात्रै सीमित रहेको छ । यो सरकार बनेको दिनदेखि देश अधोगतिमा बढिरहेको छ । अर्थतन्त्र ध्वस्त हुने दिशातिर उन्मुख छ । जनताको आशा आक्रोशमा बदलिएको छ भने दलीय व्यवस्थालाई कमजोर बनाइरहेको छ । सुशासन, सुरक्षाको पाटो निकै कमजोर बनेको छ । यस्तो अवस्थामा नेकपा एमालेको समृद्धिको सङ्कल्प यात्रामा एकातिर  जनताको उत्साहपूर्ण सहभागिता, सकारात्मक व्यवहार र सहयोगी भावलाई विश्लेषण गर्ने हो भने यो अभियान पूर्ण रूपल सफल छ । 

अर्काेतर्फ मुलुकमा  सरकारबाटै देखिएको राजनीतिक अस्थिरता, अराजकता, आर्थिक मन्दी, भ्रष्टाचार, कमिसनतान्त्रको नाङ्गो नाच र धार्मिक असहिष्णुता जस्ता कुराले आक्रान्त पारेको बेला मध्यपहाडी लोकमार्गको समृद्धिको सङ्कल्प यात्राका माध्यमबाट नीतिगत रूपमा यस्ता गलत कुरालाई चिर्दै नेकपा एमालेले नै देश भक्त राष्ट्रिय शक्ति हो भन्ने स्थापित गरेको छ । यात्रामा एमालेले ठाउँ विशेषको विकासका सम्भावना पहिचान गरी प्राविधिकहरूलाई परिचालन गरी ठोस योजना बनाउँदै भोलिका दिनमा सामाजिक, आर्थ राजनीति र राजनीतिक सन्देशबारे विवेचना हुने निश्चित छ । 

साझा पहिचानसहितको मुद्दाको उठनसहित  सङ्घीयातामा मुलुकलाई लैजान सफल भएको हो नेकपा एमाले । कोशी प्रदेशको नामकरणले केही पहिचानवादीको अवरोधलाई पनि यो सङ्कल्प यात्राले एकल पहिचान गलत हो भन्ने कुरा साबित गरिदिएको छ । सडकमा राजतन्त्र ल्याउन आन्दोलन गर्न सक्ने साहस पैदा गर्न भूमिका कसले खेल्यो ? यही सरकारकको गलत काम, कुशासनको, गणतन्त्र कमजोर बनाउन खेलेको भूमिका र षड्यन्त्र होइन र ? समाजलाई सही रूपले गति दिने व्यवस्था जनताको शासन व्यवस्था गणतन्त्र हो, यसको विकल्प अरू हुन सक्दैन । राजनीतिक शासन प्रणाली बलियो बनाउन दलहरू बलियो हुनु पर्दछ । दलीय व्यवस्था बलियो भएमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन्छ । तसर्थ नेपालको दलीय व्यवस्थामा सही नीति र कार्यक्रमसहित मुलुकलाई अगाडि बढाउने बलियो राष्ट्रिय शक्ति भनेको नेकपा एमाले हो । यो कुरा सङ्कल्प यात्राले राष्ट्रिय सन्देशसहित पुष्टि गरिदिएको छ । 

  • अबको राष्ट्रिय सङ्कल्पको बाटो ?

आजको नेपाली राजनीतिक परिवेश र दलीय अवस्थाका सन्दर्भमा नेकपा एमाले एकताबद्ध बलियो राष्ट्रिय शक्ति हो । इतिहास साछी छ जब एमाले सरकारमा हुन्छ देश सम्माजिक, आर्थिक, सुशासन, विकासका कार्य अब्बल साबित भएको छ । 

आज नेकपा एमाले संसद्मा दोस्रो दलको हैसियतमा  उपस्थितिमा छ । सरकारको कामकारवाहीको खबरदारीको भूमिकामा छ । मुलुकमा बुर्जुवा यथास्थिति वादी, दक्षिणपन्थी, उग्रवामपन्थी, राजावादी, क्षेत्रीयातावादी र जातियातावादी विचारको खिचडी भएको सरकार छ । यस्तो गतिहीन, विचारहीन, गन्तव्यहीन र आत्मा सम्मान नभएको वर्तमान सरकारबाट जनता आजित छन् । यसबाट विकास र समृद्धि सम्भव छैन । तसर्थ यस्तो अवस्थामा नेकपा एमाले कुनै स्वार्थमा नलागी सक्षम प्रतिपक्षको भूमिकामा रहनु अहिलेको वर्तमान आवश्यकता हो । 

राष्ट्रिय सभामा एमालेले भाग माग्यो भनी एमालेविरुद्ध सरकारबाटै षड्यन्त्रका तानाबाना बुन्ने काम भएको छ । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षाको हैसियतले नेकपा एमालेले प्रतिवाद गरी भ्रमहरूलाई चिर्न आवश्यक छ । आगामी निर्वाचनबाट बहुमत हासिल गरी मुलुक निर्माणको बाटोमा पार्टीलाई अगाडि बढाउन राष्ट्रिय सङ्कल्प जरुरी छ । 

मध्यपहाडी लोकमार्ग समृद्धिको सङ्कल्प यात्राले रास्ट्रिय राजनीतिको मियो, देश बनाउने राजनीतिक दल र विकासको गतिलाई सफलता र सहज रूपमा नेतृत्व दिन सक्ने पार्टी नेकपा एमाले मात्रै हो भन्ने कुरा पुनर्पुष्टि गरेको छ । 

  • निष्कर्ष

राष्ट्रिय राजनीतिको मूल नेतृत्वदायी शक्ति, जनताको वास्तविक अभिभावक, राष्ट्रियताको रक्षा, राष्ट्र निर्माणको मार्गचित्र कोर्न सक्ने दृढ सङ्कल्प भएको, सबैको आत्मसम्मान गर्न सक्ने, सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्ने, आन्तरिक उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रका रूपमा विकास गर्न सक्ने, नेपाली जनताको आशा र भरोसायोग्य राजनीतिक शक्ति नेकपा एमाले हो । 

अभियानका सबै सिकाइ, भोगाइ, अनुभव र राष्ट्रिय एजेन्डा बनाउनु पर्दछ । सरकार परिवर्तनसँगै नीति बदल्ने प्रवृत्तिको अन्त्य गर्नु पर्दछ । सबै राजनीतिक दलहरूले बिनाआग्रह, बिनासङ्कोच यी विचार र अनुभवहरूलाई  राष्ट्रिय सङ्कल्पको रूपममा लिएर राष्ट्रको सम्पत्ति बनाउन सके मात्र यो समृद्धिको सङ्कल्प यात्रा नेपाली राजनीतिमा कोसेढुङ्गा साबित हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झपिन्द्रकुमार खत्री
झपिन्द्रकुमार खत्री
लेखकबाट थप