बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ ?
काठमाडौँ । बिहान उठ्ने बित्तिकै फोन चलाउने वा सामाजिक सञ्जालमा अपडेट खोज्ने वा खबरहरू हेर्ने/पढ्ने कुरा सामान्य बनिसकेको छ । अधिकांश मानिसहरूमा अहिले यस्तो खालको बानी पाइन्छ । तपाई पनि बिहान उठ्ने बित्तिकै यस्तो काम गर्नु हुन्छ ? यो तपाईंको मानसिक स्वास्थ्यको लागि खतरनाक साबित हुन सक्छ ।
मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ । यसमा कयौँ खालको सूचना हुन सक्छन् । उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । कामसँग सम्बन्धित लगातारको अपडेट, सामाजिक सञ्जाल र समाचारहरूले तपाईंलाई दबाब र तनावपूर्ण परिस्थितिमा ल्याउन सक्छ ।
- स्लिप साइकल बिग्रन सक्छ
सुत्नु अघि र उठ्ने बित्तिकै फोन समातेर बस्ने बानीले स्लिप साइकल प्रभावित बनाउँछ । स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ । यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना धेरै हुन्छ ।
- दिमागको काममा असर
उठ्ने बित्तिकै तुरुन्तै फोन चेक गर्ने बानीले संज्ञानात्मक कार्य अर्थात् दिमागको काम गर्ने तरिकामा खलल उत्पन्न गराउँछ । दिमागलाई स्वाभाविक रूपले दिनको सुरुआत गर्न दिनुको सट्टा खबरको वर्षा गराएर जगाइयो भने यसले उठ्ने प्रक्रिया र दिनभर अलर्ट रहने प्रक्रियामा बाधा उत्पन्न गर्छ ।
- आँखामा असर
रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ । यसको कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ । यसले तपाईंको सम्पूर्ण स्वास्थ्यमा असर पुर्याउँछ ।
- ध्यान भड्किने
स्मार्टफोनमा निरन्तर झुन्डिइरहँदा ध्यान भड्किने, एकाग्रतामा बाधा उत्पन्न हुने समस्या देखिन सक्छ । बिहान वा दिनभरिमा जुन जुन काम पूरा गर्नु पर्ने हो, ती काममा ध्यान लगाउनुको सट्टा तपाई इमेल, सामाजिक सञ्जाल र अनलाइन गतिविधिमा अल्झिएर बस्नु हुनेछ । नियमित दिनको सुरुआतमा ढिलाइ हुन्छ ।
- लत लाग्छ
उठ्ने बित्तिकै लगातार फोन हेर्ने बानी एक खालको लत जस्तै हो । डोपामाइनले तपाईंलाई नोटिफिकेशन चेक गर्न र अनलाइनमा एक्टिभ रहन उक्साइरहन्छ । यो बानीबाट मुक्त हुन कठिन हुन सक्छ । यसले उल्टै व्यक्तिको एकाग्रता क्षमतालाई घटाउँदै लैजान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण