आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले विधान संशोधनबारे सुझाव संकलन गर्ने

बुधबार, २५ पुस २०८०, १८ : ०३
बुधबार, २५ पुस २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विधान संशोधन मस्यौदामाथि जिल्ला तहबाट सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि केन्द्रीय तहले निर्माण गरेको विधान संशोधन मस्यौदा बिहीबारबाट जिल्ला तहमा पठाउने निर्णय पनि गरेको हो ।

बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मस्यौदामाथि तलका पार्टी कमिटीको सुझाव समेत समेटेर आगामी माघ १४ र १५ मा बस्ने केन्द्रीय परिषद् बैठकमा छलफलका लागि पेश गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

साथै बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन आफ्नो तर्फबाट पहल गर्ने समेत निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप