शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

कोशी टप्पुमा बुधवारदेखि चरा गणना

बुधबार, २५ पुस २०८०, २२ : १४
बुधबार, २५ पुस २०८०

इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो । 

आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार बराहक्षेत्रको चतरा, आरक्ष क्षेत्र, सप्तरी, उदयपुर, सुनसरीको बर्जुताल र इटहरीस्थित बेतना सिमसार क्षेत्रमा जलपन्छीको गणना गरिनेछ ।

कोशी पन्छी समाजको आयोजना तथा मिड विन्टर वाटर बर्ड काउन्टको सहयोगमा जलपन्छी गणना थालिएको हो । गणना गर्ने कार्य पाँच दिनसम्म चल्ने संरक्षण अधिकृत यादवले बताए ।

गणनामा चराविज्ञ तथा संरक्षणकर्मीसहित चरा गणना राष्ट्रिय संयोजक डा हेमसागर बरालको समेत सहभागिता रहेको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना गरिँदै छ ।

आरक्ष क्षेत्रमा रहेको सिमसार क्षेत्र, ताल र साना खोल्सा सुक्दै गएका कारणले चराको बासस्थान घट्दै गएको छ । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजार ६ सयको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप