कोशी टप्पुमा बुधवारदेखि चरा गणना
इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि चरा गणना थालिएको छ । आरक्ष तथा सुनसरीको विभिन्न सिमसार क्षेत्रमा जलपन्छीको गणना गर्न सुरु गरिएको हो ।
आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार बराहक्षेत्रको चतरा, आरक्ष क्षेत्र, सप्तरी, उदयपुर, सुनसरीको बर्जुताल र इटहरीस्थित बेतना सिमसार क्षेत्रमा जलपन्छीको गणना गरिनेछ ।
कोशी पन्छी समाजको आयोजना तथा मिड विन्टर वाटर बर्ड काउन्टको सहयोगमा जलपन्छी गणना थालिएको हो । गणना गर्ने कार्य पाँच दिनसम्म चल्ने संरक्षण अधिकृत यादवले बताए ।
गणनामा चराविज्ञ तथा संरक्षणकर्मीसहित चरा गणना राष्ट्रिय संयोजक डा हेमसागर बरालको समेत सहभागिता रहेको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्व र कोशीटप्पु वन्यजन्तु आरक्षको समन्वयमा चरा गणना गरिँदै छ ।
आरक्ष क्षेत्रमा रहेको सिमसार क्षेत्र, ताल र साना खोल्सा सुक्दै गएका कारणले चराको बासस्थान घट्दै गएको छ । गत वर्ष कोशीटप्पु क्षेत्रमा सात हजार ६ सयको सङ्ख्यामा जलपन्छी गणना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण