कोपा इटालिया : एटलान्टासँग एसी मिलान पराजित

काठमाडौं । कोपा इटालियामा एसी मिलान पराजित भएको छ । बुधबार राति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोलको हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको छ ।
पहिलो हाफको ४५ औँ मिनेटमा एसी मिलानले अग्रता लिएको थियो । तर उक्त अग्रता जोगाउन असफल हुँदा प्रतियोगिताबाट बाहिर भयो ।
४५ औँ मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, पहिलो हाफकै अतिरिक्त दोस्रो मिनेटमा टियुन कोपमिनरले इमिल होल्मको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
५७ औँ मिनेटमा एसी मिलानका खेलाडीले फल गरेपछि भीआरएको मार्फत चेक गरेर एटलान्टाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई टियुन कोपमिनरले गोलमा परिणत गर्दै २–१ को पुनरागमन जित दिलाए ।
सेमिफाइनलमा अव एटलान्टाले फ्लोरेन्टिनासँग खेल्ने छ । यस्तै, अर्को क्वाटरफाइनल खेलमा लाजियोले रोमालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
माटिया जाकाग्नीले ५१ औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै लाजियोलाई सेमिफाइनल पु¥याउन पर्याप्त भयो । दोस्रो हाफको अतिरिक्त समयमा लाजियो १० तथा रोमा ९ खेलाडीमा सीमित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने