बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अयोध्यामा रेकर्ड तोड होटेल बुकिङ, एकै रुमको भाडा १ लाख भारु

बिहीबार, २६ पुस २०८०, १० : ५६
बिहीबार, २६ पुस २०८०

अयोध्या । अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदै छ । उक्त अवसरका लागि अयोध्यामा मन्दिर आसपास क्षेत्रमा होटेल बुकिङ गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ । माग बढेसँगै होटेलका कोठा देखि खानेकुरा र भाडा समेत सबैको भाउ बढेको छ । होटेल रुमको भाडा बढेर आकासिएको छ ।

राम मन्दिरको उद्घाटनभन्दा २ हप्ता अघि होटेल बुकिङ ८० प्रतिशतले बढेको छ । होटेलको रुमको एक दिनको पाँच गुणा सम्मले बढेको छ । केही लक्जरी होटेलको रुम भाडा बढेर १ लाख भारुसम्म पुगेको छ । भाडा आकाशिए पनि होटेलको बुकिङमा वृद्धि जारी छ । राम मन्दिरको अभिषेकको दिनमा अयोध्या ३ देखि ५ लाख मान्छे आउने अनुमान गरिएको छ ।

अयोध्याका होटलहरु पहिले नै भरिसकेका छन् । जनवरी २२ को समारोहका लागि ५० देशका प्रतिनिधिहरू अयोध्यामा आउँदै छन् । कार्यक्रममा दुबई, साउदी अरब र अन्य खाडी देशबाट पनि प्रतिनिधिहरू आउने बताइएको छ । कार्यक्रममा सहभागिताका लागि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले ३ हजार भिभिआइपीहरू समेत ७ हजार जनालाई निम्तो पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप