अयोध्यामा रेकर्ड तोड होटेल बुकिङ, एकै रुमको भाडा १ लाख भारु
अयोध्या । अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदै छ । उक्त अवसरका लागि अयोध्यामा मन्दिर आसपास क्षेत्रमा होटेल बुकिङ गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ । माग बढेसँगै होटेलका कोठा देखि खानेकुरा र भाडा समेत सबैको भाउ बढेको छ । होटेल रुमको भाडा बढेर आकासिएको छ ।
राम मन्दिरको उद्घाटनभन्दा २ हप्ता अघि होटेल बुकिङ ८० प्रतिशतले बढेको छ । होटेलको रुमको एक दिनको पाँच गुणा सम्मले बढेको छ । केही लक्जरी होटेलको रुम भाडा बढेर १ लाख भारुसम्म पुगेको छ । भाडा आकाशिए पनि होटेलको बुकिङमा वृद्धि जारी छ । राम मन्दिरको अभिषेकको दिनमा अयोध्या ३ देखि ५ लाख मान्छे आउने अनुमान गरिएको छ ।
अयोध्याका होटलहरु पहिले नै भरिसकेका छन् । जनवरी २२ को समारोहका लागि ५० देशका प्रतिनिधिहरू अयोध्यामा आउँदै छन् । कार्यक्रममा दुबई, साउदी अरब र अन्य खाडी देशबाट पनि प्रतिनिधिहरू आउने बताइएको छ । कार्यक्रममा सहभागिताका लागि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले ३ हजार भिभिआइपीहरू समेत ७ हजार जनालाई निम्तो पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण