अफगानिस्तानमा शक्तिशाली भूकम्प, पाकिस्तान र भारतमा पनि धक्का महसुस
बिहीबार, २६ पुस २०८०, १६ : २६

काठमाडौँ । बिहीबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट अफगानिस्तानमा भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि, भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको जनाएका छन् ।
भारतको जम्मु–कश्मिरदेखि दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पको धक्का महसुस हुनासाथ दिल्लीमा कयौँ मानिस घरबाट बाहिर निस्किएका थिए ।
पाकिस्तानको मौसम विभागले स्थानीय समयअनुसार दुई बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता