अफगानिस्तानमा शक्तिशाली भूकम्प, पाकिस्तान र भारतमा पनि धक्का महसुस
बिहीबार, २६ पुस २०८०, १६ : २६
काठमाडौँ । बिहीबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट अफगानिस्तानमा भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि, भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको जनाएका छन् ।
भारतको जम्मु–कश्मिरदेखि दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पको धक्का महसुस हुनासाथ दिल्लीमा कयौँ मानिस घरबाट बाहिर निस्किएका थिए ।
पाकिस्तानको मौसम विभागले स्थानीय समयअनुसार दुई बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण