जुवातास खेलिरहेको अवस्थामा कोटेश्वरबाट ५ जना पक्राउ
बिहीबार, २६ पुस २०८०, १६ : ४२
काठमाडौं । राजधानीको कोटेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
सुब्बा गेष्ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका-१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र २ बुक तासहित पेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण