शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा कोटेश्वरबाट ५ जना पक्राउ

बिहीबार, २६ पुस २०८०, १६ : ४२
बिहीबार, २६ पुस २०८०

काठमाडौं । राजधानीको कोटेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
 सुब्बा गेष्‍ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका-१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।     

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र २ बुक तासहित पेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप