फिनल्यान्डले रुससँगको सीमा बन्दको अवधि बढायो
हेलसिन्की । फिनल्यान्ड सरकारले रुससँगको आफ्नो सीमा बन्दको अवधिलाई बढाएको बिहीबार बताएको छ । फिनल्यान्डले रुसबाट आप्रवासीहरूको आवागमन बढ्न थालेपछि सीमा बन्द गरेको थियो । हेलसिन्कीले आप्रवासीहरूको बढ्दो आवागमनलाई रुसी हाइब्रिड हमला भनेको छ ।
नर्डिक मुलुक फिनल्यान्डले अगस्टपछि आफ्नो पूर्वी सीमा नाकाबाट करिब एक हजार आप्रवासीहरू बिना भिसा आएपछि डिसेम्बर मध्यसम्मका लागि सीमा बन्द गरेको थियो ।
सरकारले विज्ञप्तिमा भनेको छ, “फिनल्यान्ड र रुसबिच भूमि सीमामा सीमा पार गर्ने विन्दुहरू सन् २०२४ फेब्रुअरी ११ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।” फिनल्यान्डले रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्दछ ।
युक्रेनमाथि आक्रमणपछि फिनल्यान्डसँग उसको पूर्वी छिमेकी मुलुकको सम्बन्ध चिसिएको छ । अप्रिलमा फिनल्यान्ड नाटोमा सामेल भएपछि मस्कोले सैन्य असंलग्नताको आफ्नो दशकौँ पुरानो नीतिलाई उल्ट्याउँदै ‘जवाफी कदम’ उठाउने चेतावनी दिएको छ ।
फिनल्यान्डले नोभेम्बरको अन्त्यसम्म बाँकी चार सीमा बन्द गर्नुअघि सोही महिनामा रुससँगको आफ्नो आठ सीमामध्ये चारलाई बन्द गरेको थियो । यद्यपि हेलसिन्कीले त्यतिबेला आंशिकरूपमा बन्दलाई खुकुलो पारेको भए पनि डिसेम्बर १४ मा पूरै सीमालाई एकपटक पुनः बन्द गरेको छ ।
बिहीबार सरकारले दोहोर्याउँदै भनेको छ, “रुसी अधिकारी वा अन्य कलाकारले साधनयुक्त बसाइँसराइलाई सहयोग गरिरहेका छन् भन्ने स्पष्ट छ ।” सरकारले यसलाई फिनल्यान्डको राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थाका लागि गम्भीर खतरा भनेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण