यमनमा अमेरिका र बेलायतको आक्रमण, तेलको भाउ २ प्रतिशतले बढ्यो
सिंगापुर । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । लाल सागर भएर जाने ढुवानी जहाजलाई लक्षित गरेर हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिकारमा अमेरिका र बेलायतले यमनमाथि धावा बोलेपछि शुक्रबार तेलको भाउ २ प्रतिशतले बढेको हो ।
बिहानी कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ २ प्रतिशतले बढेर प्रतिब्यारेल ७८ डलर ९४ सेन्टमा पुगेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि यूएस टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि २ दशमलव १ प्रतिशतले ७३ डलर ५५ सेन्टमा उक्लिएको थियो ।
यो समाचार तयार पार्दाखेरि नेपाली समय अनुसार बिहान १०ः४५ बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७८ डलर ७२ सेन्टमा किनबेच भइरहेको थियो । सोही समयमा डब्ल्यूटीआई पनि प्रतिब्यारेल ७३ डलर ३६ सेन्टमा आएको थियो । अघिल्लो दिन पनि तेलको दुवै बेञ्चमार्क झन्डै १ प्रतिशतले बढेका थिए । योसँगै लगातार दोस्रो हप्ता पनि तेलको भाउ बढ्ने क्रममा छन् ।
अक्टोबरयता मध्य पूर्वमा इजरायल र हमासबीच जारी युद्धमा अहिलेसम्म अन्य देशहरु सहभागी भएका थिएनन् । यमनमाथि अमेरिका र बेलायतको आक्रमण सो युद्धमा अहिलेसम्म देखिएको नाटकीय प्रदर्शन थियो । यमनभर नै विस्फोट सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यो आक्रमणलाई अस्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्यान्डले पनि समर्थन गरेको बताइएको छ ।
लाल सागरमा हुथी आक्रमणले युरोप र एसियाबिचको मुख्य व्यापारिक मार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध बनेको छ । विश्वको कूल व्यापारमा लाल सागरबाट हुने ढुवानीको १५ प्रतिशत हिस्सा रहेको छ । अक्टोबरयता नै हुथी समूहले इजरायलविरुद्ध लडिरहेको प्यालेष्टाइनी सशस्त्र समूह हमासको समर्थनमा लाल सागर भएर जाने ढुवानी जहाजहरूमाथि आक्रमण गरिरहेको छ । ढुवानी कम्पनीहरूले लाल सागरको बाटोबाट ढुवानी बन्द गर्ने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण