शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

अनुसन्धान

शनिबार, २८ पुस २०८०, ११ : १४
शनिबार, २८ पुस २०८०

लाहुरे बा लट्ठी टेक्दै आए । भवन बनाउन राखेको इँटामाथि बसे । “मेरो पनि घर यहीँ थियो ।” उनले इँटा ओसार्दै गरेको मजदुरलाई भने । 

“पहिलाको कुरा भनेर भएन बाजे । अहिले नभएपछि,” उसले भन्यो । 

आज भन्दा पैँतालिस, पचास वर्ष पहिला कृषि कार्यालयको निर्देशकले हजुरहरूको हितका लागि नै यो अफिस आएको हो, यहाँ फलफूल र तरकारी लगाएर अनुसन्धान गर्ने हो, यसबाट वरपरका किसानलाई धेरै फाइदा हुन्छ । यहाँभित्र काम पनि पाइन्छ । सरकारलाई जग्गा दिएर किसानको भलो नै हुन्छ भनेको उनले भनेको सम्झे । त्यसबेला उनले सोधेका थिए “जग्गा त दिम्ला तर बस्ने कहाँ ?”

“अलि अलि सरकारले दिन्छ, पाखाको खरबारीलाई घरबारी बनाउनुहोला ।” निर्देशकले भनेका थिए । 

उनी विगतको सम्झनामा हराएको बेला एक जना मान्छे आएर कामको गतिविधि हेर्दै निर्देशन दिन थाल्यो । सायद ऊ निर्माण व्यवसायीको मानिस थियो । 

“बाबु के बनाउन लागेका हुन् ?” उनले सोधे । 

“मन्त्रालयको भवन ।” उसले आफ्नै सुरमा बाको जवाफ दियो । 

कृषि अनुसन्धानका लागि लाहुरे बाहरूसँग लिएको जग्गामा बनेका भवनमा थपिन लागेको मन्त्रालयको भवन निर्माण कार्य  हेरिरहे लाहुरेबाले । 

पोखरा–७, मासबार, कास्की ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप