बाराबाट ७ हजार किलो चामल बरामद
शनिबार, २८ पुस २०८०, २० : २६
बारा । बिलमा परिमाण र मूल्य फरक पाइएको भन्दै बाराबाट ७ हजार किलो चामल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराको पथलैया टोलीले गरेको जाँचमा भ्याट बिल र अनलाइन (भिसिटिएस) बिलमा परिमाण र मूल्य फरक पाइएकोले चामलसहित मिनीट्रक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रसौनीबाट चितवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २२४१ नम्बरको मिनी ट्रकबाट ५ लाख ८८ हजार रुपैयाँ बराबरको चामल नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका चामलसहित मिनि ट्रक आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण