बाराबाट ७ हजार किलो चामल बरामद
शनिबार, २८ पुस २०८०, २० : २६

बारा । बिलमा परिमाण र मूल्य फरक पाइएको भन्दै बाराबाट ७ हजार किलो चामल बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाराको पथलैया टोलीले गरेको जाँचमा भ्याट बिल र अनलाइन (भिसिटिएस) बिलमा परिमाण र मूल्य फरक पाइएकोले चामलसहित मिनीट्रक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रसौनीबाट चितवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २२४१ नम्बरको मिनी ट्रकबाट ५ लाख ८८ हजार रुपैयाँ बराबरको चामल नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका चामलसहित मिनि ट्रक आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
दोस्रो अग्निपरीक्षाको घडीमा माधव नेपाल, १८ वर्षअघिको इतिहास फर्किएला ?
-
गजेन्द्रनारायण अस्पतालमा हाजिर हुन डा. इन्द्र ढकाललाई मन्त्रालयको निर्देशन