छोरा समीरलाई फिल्म खेलाउँदै विराज
काठमाडौँ । नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बाक्लिइरहेको छ । यस्तैमा अभिनेता विराज भट्टका छोरा पनि फिल्म अभिनयमा आउने भएका छन् ।
विराजले आफैले निर्देशन गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीर भट्टलाई हिरो बनाउन लागेका हुन् । विगत १० वर्षदेखि समीरले मुम्बईमा बसेर अभिनयसँगै मार्सल आर्टको प्रशिक्षणसमेत लिएका छन् ।
विराजले लामो समयदेखि छोराका तस्बिरहरू लुकाइरहेका थिए । आफ्नै फिल्मबाट डेब्यू गराउने निश्चित भएपछि उनले आइतबार छोराको तस्बिर सार्वजनिक गरेका हुन् । तस्बिरमा समीर ‘सिक्स प्याक’सहित देखिएका छन् । उनी पिताझैँ अग्ला कदका छन् ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको ‘१२ गाउँ’मा विराजको पनि अभिनय रहनेछ । फिल्मको नेपाल र भारतमा छायाङ्कन हुनेछ । भारतका केही चर्चित कलाकारलाई पनि फिल्ममा लिने योजनामा विराजको छ । विराजले यस अघि ‘साङ्लो’ फिल्म निर्देशन गरेका थिए । यो विराजको निर्देशनमा डेब्यू फिल्म थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण