आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एम्बाप्पेको गोलमा पीएसजीलाई ८ अंकको अग्रता

सोमबार, ०१ माघ २०८०, ०६ : ५४
सोमबार, ०१ माघ २०८०

पेरिस । किलियान एम्बाप्पेले सिजनको १९ औँ गोल गर्दा पेरिस सेन्ट जर्मेनले लिग वानको तालिकाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई २–० गोलले हराएको हो ।

शनिबार दोस्रो स्थानमा रहेको निस रेनसँग पराजित हुँदै शीर्ष स्थानमा रहेको पीएसजीसँगको अग्रता घटाउने अवसर गुमाएको थियो । यसको फाइदा उठाउँदै पीएसजीले अग्रता फराकिलो बनाउन सफल भएको हो ।

खेलको ३० औँ मिनेटमा एम्बाप्पेको पासमा ब्राड्ली बारकोलालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित बन्यो ।

खेलको अन्त्यतिर एम्बाप्पेले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यो सिजन पीएसजी लिगमा एकपटक मात्र पराजित भएको छ । १८ खेलपछि टोलीको ४३ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप