एम्बाप्पेको गोलमा पीएसजीलाई ८ अंकको अग्रता
सोमबार, ०१ माघ २०८०, ०६ : ५४
पेरिस । किलियान एम्बाप्पेले सिजनको १९ औँ गोल गर्दा पेरिस सेन्ट जर्मेनले लिग वानको तालिकाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई २–० गोलले हराएको हो ।
शनिबार दोस्रो स्थानमा रहेको निस रेनसँग पराजित हुँदै शीर्ष स्थानमा रहेको पीएसजीसँगको अग्रता घटाउने अवसर गुमाएको थियो । यसको फाइदा उठाउँदै पीएसजीले अग्रता फराकिलो बनाउन सफल भएको हो ।
खेलको ३० औँ मिनेटमा एम्बाप्पेको पासमा ब्राड्ली बारकोलालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित बन्यो ।
खेलको अन्त्यतिर एम्बाप्पेले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । यो सिजन पीएसजी लिगमा एकपटक मात्र पराजित भएको छ । १८ खेलपछि टोलीको ४३ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण