सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टुँडिखेलमा मगर र थारु युवतीको सुन्दरता, तस्बिरहरु
माघी पर्व

टुँडिखेलमा मगर र थारु युवतीको सुन्दरता, तस्बिरहरु

सोमबार, ०१ माघ २०८०

काठमाडौँ । काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर संक्रान्ति (माघी) पर्व मनाइएको छ । सोमबार माघे संक्रान्तिको दिन काठमाडौँको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् ।

सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्‍याली समेत गरिएको थियो  । मेलामा मगर र थारु युवती आफ्नो परम्परागत भुषभुषा र पहिरनमा देखिएका थिए । यस्तै सो समुदायका अन्य व्यक्तिहरु पनि आफ्नो भेषभुषामा देखिएका थिए । जसले उनीहरुको सुन्दरताका साथै परम्परा झल्किएको थियो । 

यस्तै माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनले झकिझकाउ बनाएको थियो । मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएको छ । माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाच थारु समुदायमा प्रस्तुत गर्ने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया