बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा उदयपुरबाट १ जना पक्राउ

मङ्गलबार, ०२ माघ २०८०, १५ : ५३
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । प्रहरीले बलात्कार गरेको आरोपमा उदयपुरबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ बेलटार बस्ने ५० वर्षीय टंक बहादुर कार्की छन् ।

कार्कीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप