सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा

मङ्गलबार, ०२ माघ २०८०, १६ : ३८
मङ्गलबार, ०२ माघ २०८०

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा. मिलन कुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएको खुलेको छ । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो । 

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो । 

अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर थापाका अनुसार गत पुस २५ गते नै उक्त आदेश भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप