आफूले आदर्श मानेको खेलाडीलाई नै हराइन् १६ वर्षीया रुसी किशोरी मिरा एन्ड्रिभाले
काठमाडौँ । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको बुधबारको खेलमा १६ वर्षीया रुसी किशोरी मिरा एन्ड्रिभाले आफूभन्दा प्रभावशाली खेलाडी ओन्स जबेउरलाई हराएका छन् । मिराले महिला एकलतर्फको दोस्रो चरणको खेलमा ट्युनिसियाकी जबेउरलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन् ।
जबेउर प्रतियोगितामा छैटौँ वरीयताप्राप्त खेलाडी हुन् । रमाइलो पक्ष त के हो भने, विश्व टेनिसमा भर्खर उदाउँदै गरेकी मिराको आदर्श खेलाडी पनि जबेउर नै हुन् । ‘जबेउर मेरो आदर्श खेलाडी हुन् । उनीबाट मैले धेरै कुरा सिकेकी पनि छु । आज उनलाई नै हराउँदा मलाई दुःख पनि लागेको छ र गौरवको अनुभव पनि भएको छ,’ खेलपछि किशोरी मिराले भनेकी छन् ।
उनले जबेउरलाई हराएपछि आफ्नो आत्मविश्वास पनि निकै बढेको बताएकी छन् । ‘यो मेरो खेलजीवनको अविस्मरणीय क्षण हो । यो खेलपछि मेरो आत्मविश्वास पनि निकै बढेको छ,’ हाल ४७औँ वरीयतामा रहेकी मिराले भनेकी छन् ।
मिराले जबेउरलाई हराउन ५४ मिनेट समय खर्चिएकी थिइन् । अर्की प्रभावशाली खेलाडी क्यारोलिन वजनिएस्की पनि प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएकी छन् । ३३ वर्षीया डेनिस खेलाडी क्यारोलिनले सन् २०१८ मा अस्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि चुमेकी थिइन् ।
बुधबार खेलिएको दोस्रो चरणको खेलमा क्यारोलिनलाई पनि रुसी खेलाडी मारिया टिमोफिभाले १–६, ६–४, ६–१ अंकले हराएकी हुन् । मारिया छनोट चरण पार गर्दै ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा सहभागी भएकी हुन् । मारिया हाल वरीयताको १७०औँ स्थानमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण