टेस्लामा आफ्नो हिस्सा बढाउन चाहन्छन् एलन मस्क
क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका हाकिम एलन मस्कले कम्पनीमा आफ्नो स्वामित्व ह्वात्तै बढाउन चाहेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्ग र फोब्र्सको अर्बपतिको सूचिअनुसार मस्क अहिले नै पृथ्वीको सर्वाधिक धनी व्यक्तिहरूको सूचिमा शीर्ष स्थानमा छन् । कम्पनीको शेयरमा आफ्नो स्वामित्व २५ प्रतिशत आसपास पुर्याउने गरी आफूलाई अधिकार नदिएसम्म टेस्ला कृत्रिम बौद्धिकता र रोबोटिक्समा ‘लिडर’ बनोस् भन्ने आफूले चाहँदै नचाहेको माइक्रोब्लगिङ वेबसाइट एक्समा मंगलबार राति गरिएका शृङ्खलाबद्ध पोस्टमा मस्कले बताएका थिए । अहिले टेस्लामा मस्कको शेयर हिस्सा १३ प्रतिशत जति छ ।
कम्पनीमा २५ प्रतिशत मताधिकार आफ्नो पक्षमा नहुँदासम्म टेस्लालाई एआई र रोबोटिक्समा लिडर बनाउन आफू सहज नभएको एउटा पोस्टमा मस्कले लेखेका छन् । त्यति शेयर स्वामित्व नपाउने हो भने टेस्ला बाहिर नै प्रडक्ट बनाउन रुचाउने पनि उनको भनाई थियो । ४४ अर्ब डलर खर्चेर एक्स (त्यतिबेलाको ट्विटर) किन्नु अघि टेस्लामा मस्कको २० प्रतिशतभन्दा धेरै स्वामित्व थियो । विद्युतीय सवारी साधन बजारमा टेस्ला मार्केट लिडर नै हो । तर पछिल्लो समय परम्परागत सवारी साधन निर्माता कम्पनीहरूले समेत विद्युतीय सवारी साधन बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा चुलिएको छ । यस्तोमा कम्पनीको भविष्य एआई र रोबोटिक्समा भएको मस्कले बताउँदै आएका छन् ।
टेस्लामा मस्कले कयौं वर्ष सेवा सुविधा बढ्ने योजना बिनै काम गरे । सन् २०१८ मा कम्पनीको प्रदर्शनका आधारमा उनले तलब र सेवा सुविधामै ५६ अर्ब डलर सम्म पाउने प्याकेजको घोषण गरियो । यो सीईओको इतिहासको सबैभन्दा ठूलो तलब सुविधा थियो । यस मामिलामा कम्पनी र मस्कमाथि गएको वर्ष शेयरधनीहरूले मुद्दा नै हाले । मस्कको पछिल्लो मागबारे कम्पनी र शेयरधनीहरुबाट कस्तो प्रतिक्रिया आउँछ हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
-
अमेरिका–भारत सम्बन्ध : रणनीतिक साझेदारी कि लुप्त प्रतिद्वन्द्विता ?
-
रास्वपाको लक्ष्य मुलुकको सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण