मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

डिज्नीको सीईओका रूपमा बब इगरले थापे ३ करोड १६ लाख डलर तलब सुविधा

बुधबार, ०३ माघ २०८०, १३ : ५५
बुधबार, ०३ माघ २०८०

वासिङ्टन डीसी । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) बब इगरले गएको वर्ष तलब सुविधाबापत ३ करोड १६ लाख डलर थापेका छन् । अघिल्लो वर्षको तुलनामा यो झन्डै दोब्बर हो । वाल्ट डिज्नीले मंगलबार सेकमा बुझाएको वार्षिक प्रोक्सी स्टेटमेन्टका अनुसार गएको वर्ष इगरको न्यूनतम तलब ८ लाख ६५ हजार ३५८ डलर थियो ।

१ करोड ६१  लाख डलर बराबरको स्टक अवार्ड पाउँदा १ करोड डलर जति बेच्न मिल्ने शेयर पाएका थिए । २१ लाख डलर भने प्रदर्शनमा आधारित भत्ता थियो । अन्य भत्ताबापत भने २४ लाख ८० हजार डलर पाएका थिए । सन् २०२२ मा आइगरले कूल सेवा सुविधाबापत १ करोड ५० लाख डलर मात्रै पाएका थिए ।

आइगरले सन् २००५ देखि सन् २०२० सम्म डिज्नीका सीईओको रूपमा काम गरेका थिए । बब चपेकले सीईओको कार्यभार सम्हालेको तीन वर्षभन्दा कम अवधिमै सन् २०२२ को नोभेम्बरमा उनी पुनः कम्पनीमा सीईओकै रूपमा फर्किए । कम्पनीको मुनाफा बढाउन डिज्नीले धमाधम खर्च कटौती गरिरहेको छ । मिडिया उद्योगमा तीव्र परिवर्तन आइरहेकै समयमा व्यवसायहरूको पुनः संरचना गर्न डिज्नीले साढे ५ लाख डलरसम्म खर्च घटाउने योजना बनाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप