डिज्नीको सीईओका रूपमा बब इगरले थापे ३ करोड १६ लाख डलर तलब सुविधा
वासिङ्टन डीसी । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) बब इगरले गएको वर्ष तलब सुविधाबापत ३ करोड १६ लाख डलर थापेका छन् । अघिल्लो वर्षको तुलनामा यो झन्डै दोब्बर हो । वाल्ट डिज्नीले मंगलबार सेकमा बुझाएको वार्षिक प्रोक्सी स्टेटमेन्टका अनुसार गएको वर्ष इगरको न्यूनतम तलब ८ लाख ६५ हजार ३५८ डलर थियो ।
१ करोड ६१ लाख डलर बराबरको स्टक अवार्ड पाउँदा १ करोड डलर जति बेच्न मिल्ने शेयर पाएका थिए । २१ लाख डलर भने प्रदर्शनमा आधारित भत्ता थियो । अन्य भत्ताबापत भने २४ लाख ८० हजार डलर पाएका थिए । सन् २०२२ मा आइगरले कूल सेवा सुविधाबापत १ करोड ५० लाख डलर मात्रै पाएका थिए ।
आइगरले सन् २००५ देखि सन् २०२० सम्म डिज्नीका सीईओको रूपमा काम गरेका थिए । बब चपेकले सीईओको कार्यभार सम्हालेको तीन वर्षभन्दा कम अवधिमै सन् २०२२ को नोभेम्बरमा उनी पुनः कम्पनीमा सीईओकै रूपमा फर्किए । कम्पनीको मुनाफा बढाउन डिज्नीले धमाधम खर्च कटौती गरिरहेको छ । मिडिया उद्योगमा तीव्र परिवर्तन आइरहेकै समयमा व्यवसायहरूको पुनः संरचना गर्न डिज्नीले साढे ५ लाख डलरसम्म खर्च घटाउने योजना बनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण