इरानको आक्रमणमा पाकिस्तानमा दुई बालबालिकाको मृत्यु, गम्भीर परिणाम निम्त्याउने चेतावनी
इस्लामाबाद । पाकिस्तानले मंगलबार इरानको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको जनाएको छ । इरानको सेनासँग सम्बन्धित समाचार एजेन्सीले इरानले चरमपन्थी संगठन जैश अल-अदलसँग सम्बन्धित दुईवटा लक्ष्यलाई निशाना बनाएको जनाएको छ।
पाकिस्तानले भने इरानको कदमलाई गैरकानूनी भन्दै यसको गम्भीर परिणाम हुन सक्ने बताएको छ। पाकिस्तानको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै इरानलाई चेतावनी दिँदै भनेको छ, ‘हामी हाम्रो हवाई क्षेत्रको अप्रत्याशित उल्लङ्घन र देश भित्र आक्रमणको निन्दा गर्छौं। यो पाकिस्तानको सार्वभौमसत्ताको उल्लङ्घन हो र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।’
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक काकरले डाभोसमा इरानी विदेशमन्त्रीसँग भेट गर्दा इरानले यो हमला गरेको थियो । पछिल्ला केही दिनमा इराक र सिरियापछि इरानले आक्रमण गरेको पाकिस्तान तेस्रो देश हो ।
यसअघि इरानी सरकारी सञ्चारमाध्यममा इरानी रिभोलुसनरी गार्ड कोरले पाकिस्तानमा रहेका चरमपन्थीहरूको दुईवटा स्थानमा आक्रमण गरेको समाचार आएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण