बीवाईडीको नयाँ शोरुम अब ललितपुरको कुपनडोलमा
काठमाडौँ । विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रा.लि.ले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ललितपुरमा शोरुम उद्घाटन गरेको हो ।
ललितपुरको कुपनडोल हाइटमा खुलेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन गर्दै मेयर चिरिबाबुले आफु सधै इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताउँदै आफ्नै महानगरभित्र विद्युतीय गाडीको शोरुम ल्याएकोमा कम्पनीलाई धन्यवाद दिए ।

सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने दाबी गरे ।
उनले भने,‘ललितपुर महानगरपालिकाले नीति नै बनाएर अघि बढेको छ । गाडी खरिद गर्नुपरे विद्युतीय नै किन्ने । मैले पनि लामो समयदेखि विद्युतीय गाडी नै चढिरहेको छु ।’ सन् २०३० सम्ममा फोसिल फ्यूलबाट चल्ने सवारी मुक्त गर्ने विश्व वातावरण नीति भएकाले नेपालले पनि यसैको सिको गर्नुपर्ने उनले बताए ।

थप ललितपुर महानगरले आफ्नो २९ वटा वडाहरु मध्ये कोर सिटी भित्र पर्ने क्षेत्रमा विद्युतीय सटल बस सञ्चालन गर्ने तयारी समेत गरिरहेको उनले बताए ।

स्मार्ट सिटीको अवधारण अनुरुप सदर चिडिया खाना (जु) क्षेत्रमा पनि साना–सान विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी महानगरले गरिरहेको उनले जानकारी दिए ।
_pNz3ioZhoD.jpg)
कार्यक्रममा ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ शोरुममार्फत ईको सवारी र प्रयोगमा नयाँ पाइला अघि बढाएको बताए।
नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताउँदै हाल एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् । केही समय अघि काठमाडौँ उपत्यकाभित्र केही शोरुमहरुमा मात्र सीमित भएको कम्पनी हाल देशका मुख्य–मुख्य सहरहरुमा शोरूम स्थापना भैसकेको उनले बताइन् ।
साईमेक्स इंकले विगत ७ वर्षदेखी नेपालमा बीवाईडीका उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण