चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द
बाँके । अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, उनले भने, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ ।”
महाशाखा प्रमुख थापाका अनुसार अत्यधिक जाडो तथा शीतलहर बढेसँगै विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको हो ।
नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ । शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको छ । बाँकेमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण