‘दिमाग खराब’पछि निश्चलले घोषणा गरे एक्सन फिल्म
बिहीबार, ०४ माघ २०८०, १० : ३८
काठमाडौँ । यो वर्ष हिट फिल्म ‘दिमाग खराब’ दिएका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आज (बिहीबार) परेको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ एक्सन फिल्म निर्देशन तयारी गरेको घोषणा गरेका हुन् ।
फिल्मको दसैँ अगाडि नै छायाङ्कन गर्ने उनले बताएका छन् । फिल्मको अन्य विषयमा भने निश्चलले केही खुलाइएका छैन । निश्चल अहिले फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दै छन् । आकाश बरालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निश्चलको अलावा स्वस्तिमा खड्का पनि छिन् । फिल्म स्वस्तिमाकै लगानीमा बन्न लागेको हो ।
निश्चलले फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्न ७ वर्ष लगाएका थिए । तर ‘दिमाग खराब’पछि भने उनी छिट्टै अर्को फिल्म निर्देशन गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण