आफ्नै आमालाई मार्ने छोरीलाई अमेरिकामा २६ वर्षको जेल सजाय
वासिङ्टन । आफूलाई जन्म दिने आमाको हत्या गर्ने अमेरिकी महिलालाई २६ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको बालीमा बिदा मनाउन गएको बेलामा हिथर म्याकले सन् २०१४ मा आमाको हत्या गरेर सुटकेसमा शव छाडेर भागेकी थिइन् । यस घटनामा इन्डोनेसियामा सन् २०१५ मा अभियोग लगाएर हिथरलाई १० वर्षको जेल सजाय तोकिएको थियो । तर सन् २०२१ मा उनी रिहा भइन् ।
अमेरिकामा आउने बित्तिकै प्रहरीहरूले हिथर पक्राउ परिन् । अमेरिकी नागरिकलाई मार्ने षडयन्त्र गरेको भन्दै उनीमाथि अभियोग चलाइयो । गएको २ वर्ष म्याकले सिकागो जेलमा फैसला कुर्दै बिताइन् । बुधबार न्यायाधीश म्याथ्यू केन्नेल्लीले हाल २८ वर्ष पुगेकी हिथरलाई २६ वर्षको जेल सजाय सुनाए । अमेरिकी जेलमा अहिलेसम्म उनले बिताएको समय कटाउँदा सजाय घटेर २३ वर्षमा झरेको छ ।
अभियोजनकर्ताहरूले आरोपीलाई २८ वर्षको जेल सजाय दिलाउन खोजेका थिए । हिथरले आफ्नो तत्कालीन प्रेमी टमी शफरसँग मिलेर आमाको हत्या गरेकी थिइन् । म्याककी आमा धनी थिइन् । उनको नाममा रहेको ट्रस्ट फन्डको १५ लाख डलर कुम्ल्याउने दाउमा म्याक र शफरले शिला भोन विज म्याकको हत्या गरेका थिए । घटनाको समयमा १८ वर्षकी हिथर गर्भवती थिइन् । म्याकले आमाको मुख थुनिरहँदा शफरले फलफूल राख्ने कचौराले टाउकोमा हानेर विज म्याकको हत्या गरेका थिए । शबलाई उनीहरुले सुटकेशभित्र हालेका थिए ।
हत्यापछि हिथर र शफरले शूटकेशलाई ट्याक्सीमा छाडेका थिए । ट्याक्सी चालकले यसबारे प्रहरीलाई जानकारी दियो । प्रहरीले खोजतलासको क्रममा म्याक र शफरले बालीको अर्को होटेलमा फेला पारेका थिए । अमेरिकामा चलाइएको अभियोगमा सुरुमा हिथरलाई निर्दोष घोषित गरिएको थियो । आफ्नै आमा मारेर पनि हिथरलाई कुनै पछुतो नभएको तर्क गर्दै विज म्याकको भाइले अभियुक्तलाई अधिकतम सजायको माग गरेका थिए । अमेरिकामा चलाइएको अभियोगमा शफरको पनि नाम मुछिएको थियो । तर उनी इन्डोनेसियामा हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण