गोदावरीका मेयरको शिलालेखमा मनमौजी : आफ्नो नाम टाँस्न पुरानोमा घन चलाए
धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको पहिलो पटक उद्घाटन २०७८ चैत्र १४ गते भयो । नेकपा एमालेबाट निर्वाचित तत्कालीन नगर प्रमुख हरिसिंह साउँदले सो भवनको उद्घाटन गरेका थिए ।
पुरानो शिलालेखमा लेखिएको छ, ‘मिति २०७८ चैत्र १४ गते सोमबारका दिन गोदावरी नगरपालिकाको कार्यालय, कैलालीको प्रशासनिक भवनको समुद्घाटन नगरप्रमुख श्री हरिसिंह साउँद ज्यूद्वारा सु–सम्पन्न गरियो ।’

तर बिहीबार सो भवनको शिलालेख भने फेरिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख वीरेन्द्र भट्टले पुरानो शिलालेख फालेर आफ्नो नामको शिलालेख टाँस्दै भवनको दोस्रो पटक उद्घाटन गरेका छन् । उनले बिहीबार एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेका हुन् ।

यसैबिच नगर प्रमुख भुट्को कडा विरोध भइरहेको छ । नामको राजनीति गरेको भन्दै यहाँको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मात्रै होइन सर्वसाधारणले समेत विरोध जनाइरहेका छन् ।
विरोधमा एमालेले नगरपालिका घेराउ समेत गरेको थियो । सो भवन एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत निर्माण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण