बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरीका मेयरको शिलालेखमा मनमौजी : आफ्नो नाम टाँस्न पुरानोमा घन चलाए

बिहीबार, ०४ माघ २०८०, १४ : ४४
बिहीबार, ०४ माघ २०८०

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको पहिलो पटक उद्घाटन २०७८ चैत्र १४ गते भयो । नेकपा एमालेबाट निर्वाचित तत्कालीन नगर प्रमुख हरिसिंह साउँदले सो भवनको उद्घाटन गरेका थिए ।

पुरानो शिलालेखमा लेखिएको छ, ‘मिति २०७८ चैत्र १४ गते सोमबारका दिन गोदावरी नगरपालिकाको कार्यालय, कैलालीको प्रशासनिक भवनको समुद्घाटन नगरप्रमुख श्री हरिसिंह साउँद ज्यूद्वारा सु–सम्पन्न गरियो ।’

k

तर बिहीबार सो भवनको शिलालेख भने फेरिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख वीरेन्द्र भट्टले पुरानो शिलालेख फालेर आफ्नो नामको शिलालेख टाँस्दै भवनको दोस्रो पटक उद्घाटन गरेका छन् । उनले बिहीबार एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेका हुन् ।

k1

यसैबिच नगर प्रमुख भुट्को कडा विरोध भइरहेको छ ।  नामको राजनीति गरेको भन्दै यहाँको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मात्रै होइन सर्वसाधारणले समेत विरोध जनाइरहेका छन् । 

विरोधमा एमालेले नगरपालिका घेराउ समेत गरेको थियो । सो भवन एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत निर्माण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप