दोस्रो दिन पनि १४ विकेट खस्यो : अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिज रक्षात्मक स्थितिमा
काठमाडौँ । अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार पनि दुबै टोलीको गरी कुल १४ विकेट खसेको छ । यसअघि पहिलो टेस्टको पहिलो दिन बुधबार पनि १२ विकेट खसेको थियो ।
दोस्रो दिनको खेल सकिँदासम्म वेस्ट इन्डिजले आफ्नो दोस्रो पालीमा ६ विकेट गुमाएर केवल ७३ रन बनाउन सकेको छ । दोस्रो दिनको खेल सकिँदासम्म क्यारेबियन टोलीले २२.५ ओभर ब्याटिङ गर्न भ्याएको छ । दोस्रो पालीमा पनि वेस्ट इन्डिजका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
वेस्ट इन्डिजका लागि दोस्रो पालीमा किर्क म्याकेन्जीले २६ रन बनाए । जस्टिन ग्रेभस २४ रन बनाउँदै आउट भए । कप्तानसमेत रहेका ओपनर क्राइग ब्राथवेट एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजका जोसुआ डा सिल्भा १७ रन बनाउँदै क्रिजमा छन् ।
अस्ट्रेलियाका बलर जोस हेजलउडले चार विकेट लिए । उनले आठ ओभरमा चार मेडन राख्दै केवल १८ रन खर्चिएका थिए । क्यामरुन ग्रिन र नाथन लियोले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि बिहीबार नै अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको थियो । अस्ट्रेलियाले दुई विकेटको नोक्सानीमा ५९ रनको स्थितिबाट बिहीबारको खेल अगाडि बढाएको थियो ।
अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा ८१.१ ओभरमा समेटिएको थियो । अस्ट्रेलियाका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान ट्राभिस हेडले शतक बनाएका थिए ।
हेडले टोलीको खातामा एक सय १९ रन थपे । उनले एक सय ३४ बलको सामना गरी तीन छक्का र १२ चौका हिर्काएका थिए । ओपनर उसमान ख्वाजा ४५ रन बनाउँदै आउट भए । नाथन लियोनले २४ रन जोडेका थिए ।
अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले उल्लेख्य संख्यामा रन बनाउन सकेनन् । क्यारेबियन टोलीका बलर सामर जोसेफले पाँच विकेट लिए । उनले २० ओभरमा दुई मेडन राख्दै ९४ रन खर्चिए । केमर रोच र जस्टिन ग्रेभसले पनि दुई–दुई विकेट हात पारे । अर्को एक विकेट अल्जारी जोसेफले लिए ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज आफ्नो पहिलो पालीमा केवल एक सय ८८ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले खेलमा २२ रनको अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण