इरानमाथि पाकिस्तानले गरेको हमलामा ९ विदेशी नागरिकको मृत्यु
कराँची । पाकिस्तानले इरानमाथि बुधवार साँझ गरेको आक्रमणमा नौ जना विदेशी नागरिक मारिएका छन् । इरानको सरकारी सञ्चारमाध्यम इरानले इरानी गृहमन्त्री अहमद वाहिदीलाई उद्धृत गर्दै बताएअनुसार यस हमलामा ३ जना महिला, ४ बालबालिका र २ जना पुरुष मारिएका छन् । यो हमला इरानको सीमाबाट तीन चार किलोमिटर पर भएको थियो ।
यसअघि सिस्तान–ब्लुचिस्तान प्रान्तमा चरमपन्थीहरुलाई निशाना बनाएर हमला गरेको दाबी पाकिस्तानले गरेको थियो । यो हमलामा कयौँ आतङ्कवादी मारिएको पाकिस्तानले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । मङ्गलवार इरानले गरेको आक्रमणको प्रतिकारमा बुधवार साँझ पाकिस्तानले हमला गरेको थियो । यस आक्रमणमा नागरिकहरूलाई हुनसक्ने नोक्सानीबाट बच्न आफूले पुरै कोसिस गरेको दाबी पाकिस्तानले गरेको छ । आफूहरूले हमला गरेको ठाउँमा कुख्यात आतंकवादीहरु बस्ने गरेको पाकिस्तानी भनाइ थियो ।
जवाफी हमलाबारे अमेरिका, चीन र भारतको तर्फबाट प्रतिक्रिया आइरहेको छ । चीनले दुवै देशलाई संयम अपनाउन अनुरोध गरेको थियो । अमेरिकाले पाकिस्तानको हमलाको निन्दा गर्दा भारतले भने यो इरान र पाकिस्तानको आपसी मामिला भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण