इन्डोनेसियाले सन् २०२४ मा २० लाख टन चामल आयात गर्ने
जकार्ता । इन्डोनेसियाले यस वर्ष घरेलु आवश्यकता पूरा गर्न र एल निनोका कारण उत्पन्न बालीनालीको असरलाई रोक्न २० लाख टन चामल आयात गर्ने योजना बनाएको छ।
तथ्याङ्क इन्डोनेसिया (बीपीएस) ले सन् २०२४ मा २८ लाख टन चामलको घाटा भोग्ने अनुमान गरेको छ।
राष्ट्रिय खाद्य एजेन्सीका प्रमुख आरिफ प्रसेत्योले बिहीबार जकार्ताको राष्ट्रपति भवनमा भएको भेटपछि पत्रकारहरूलाई यस बारे जानकारी गराइएको हो ।
सरकारले भियतनाम, थाइल्याण्ड र चीनबाट उक्त खाद्यान्न आयात गर्ने तयारी गरेको हो । योसँगै सरकारले अघिल्लो वर्षको पाँच लाख टनको बक्यौता आयात कोटा पनि पूरा गर्नेछ ।
उक्त परिमाणको चामल जनवरीको अन्त्य वा फेब्रुअरीमा देशमा आइपुग्ने बताइएको छ।
उपवास महिनाको रूपमा परिचित मार्च र अप्रिल ईद अल-फित्र बिदामा, बढ्दो खाद्य आवश्यकताहरू पूरा गर्नु सो आयातको मुख्य उद्देश्य हुनेछ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण